काठमाडौं– स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार छैटौं जित निकालेको छ।
नेपाल समयअनुसार आइतबार राति भएको मड्रिड डर्बी (एथ्लेटिको मड्रिड र रियल मड्रिड) मा रियल मड्रिडले जित निकालेको हो।
रिलयको जितमा रोड्रिगोले १८औं र भालभर्देले ३६औं मिनेटमा गोल गरे। एथ्लेटिको मड्रिडका लागि ८३औं मिनेटमा मारियो हर्मोसले एक गोल फर्काए।
एथ्लेटिकोलाई २–१ गोल अन्तरले हराउँदै रियल शीर्ष स्थानमा उक्लेको छ। ६ खेल खेलेको रियल मड्रिडले लगातार जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ। समान ६ खेल खेलेको बार्सिलोना १६ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।