काठमाडौं– भारतको चण्डीगढ विश्वविद्यालयमा अध्यरत छात्राको नुहाउँदै गरेको भिडिओ भाइरल भएपछि विश्वविद्यालयमा अध्यनरत छात्राले आक्रोशित भएका छन्। उनीहरुले आफूहरु होस्टेलमा सुरक्षित नभएको बताएका छन्।
छात्राहरुले होस्टेल प्रशासनलाई घटना दबाउने कोशिस गरेको आरोप लगाएका छन्। होस्टेल प्रशासनले पैसा दिएर मिडिया र प्रहरीलाई फिर्ता पठाएको पीडित छात्राहरुले आरोप लगाएका छन्।
भिडिओ लिक गर्ने छात्राले सबैको अगाडि आफ्नो अपराध स्वीकार गर्ने तयारी गरे पनि प्रशासनले हुन नदिएको छात्राहरुले बताएका छन्।
भिडिओ बनाउने छात्रालाई होस्टलमै बस्दै आएका अन्य छात्राले सोधपुछ गरेका छन्। सोधपुछ गर्दै गरेको एक भिडिओ सार्वजनिक भएको छ। आरोपित छात्राले आफू दबाबमा आएर भिडिओ बनाएको बताएकी छन्। धेरै प्रश्न गरेपछि उनले आफ्नो फोनमा एक युवकको तस्बीर देखाउँदै सबै उनको योजनामा भएको बताएकी छिन्।
सामाजिक सञ्जालमा विश्वविद्यालयकी एक छात्राको भ्वाइस म्यासेज भाइरल भइरहेको छ। अहिलेसम्म उक्त आवाज कसको हो भन्ने पुष्टि भएको छैन।
उक्त म्यासेजमा एक छात्रा भन्छिन्, ‘एक युवतीले भिडिओ बनाएर भाइरल बनाइदिइन्। सुरुमा त चार छात्राको साथमा यस्तो भएको भनिएको थियो। तर अहिले भने ६० भन्दा बढी छात्राको भिडिओ भाइरल बनाइएको रहेछ।’
यस घटनामा आरोपी युवती उक्त विश्वविद्यालयमा एमबीए अध्यरत छात्रा हुन्। उनले एक युवकको दबाबमा आएर भिडिओ बनाएको बताएकी छिन्। यद्यपि ती युवक भने उक्त विश्वविद्यालयमा अध्ययनरत नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।