काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित ठाडो खोलाको खोँचमा फसेका शिक्षकको हेलिकप्टरबाट उद्धार गरिएको छ। शिक्षक केशव शिवाकोटी शनिबारदेखि उक्त खोँचमा फसेका थिए।
आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरसहितको टोलीले सकुशल उद्धार गरेको हो। खोलामा नुहाउनेक्रममा उनी बेपत्ता भएका थिए।
दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटी जिवितै रहेको खबर पाएपछि नेपाली सेना हेलिकप्टर लिएर उक्त स्थानमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।