काठमाडौं– राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।
यो महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आइतबार जनाएका छन्।
खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक संक्षिप्त विज्ञप्ति निकालेर जनाएको छ।
हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ। चीनमा बर्सेनि खानी दुर्घटना हुने गरेका छन्। ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।