काठमाडौं– नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर, स्टक र कमोडिटीका लागि आवेदन खुला गरेको छ। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथमा, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स पनि खुला गरेको हो।
ब्रोकर लाइसेन्सका लागि आइबारदेखि लागू हुने गरी ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन पेस गर्नुपर्ने बोर्डले जनाएको छ। नयाँ ब्रोकर लाईसेन्सको लागि आवेदन दिँदा बोर्डले तोकेको प्रावधानहरु पूरा गरी निवेदन दिनुपर्नेछ।
प्रक्रिया नपुगेका वा आवश्यक सबै प्रक्रिया पूरा नगरेका आवेदनहरु रद्द पनि हुन सक्ने धितोपत्र बोर्डले जानकारी दिएको छ। यसर्थ, ब्रोकर व्यवसाय सञ्चालन गर्न चाहनेले आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिन पाउनेछन्।
यसैगरी बोर्डले आइतबारदेखि नै नयाँ स्टक एक्सचेन्जका लागि पनि आवेदन माग गरेको छ। नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिने म्याद ४५ दिन राखिएको छ। बोर्डमा ४५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सकिनेछ।
यसैगरी, कमोडिटी बजार सञ्चालनका लागि पनि आवेदन माग गरिएको छ। धितोपत्र बोर्डले औपचारिकरुपमा सूचना निकालेसँगै अब नयाँ ब्रोकर तथा स्टक एक्सचेन्ज खुल्ने प्रक्रियाले गति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।