फाइल तस्बिर
काठमाडाैं- भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आाज भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो।
नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन्।
नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन। नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो।
घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन्। उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रभित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।