काठमाडौं– आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्स विरुद्ध मात्र २ रनको रोमाञ्चक जित निकालेको छ ।
विराटनगरको जितमा रसेलको ब्याटिङ र बलिङ दुवै प्रभावकारी रह्यो । ब्याटिङमा आक्रामक ५२ रन बनाएका रसेलले बलिङमा पनि ४ विकेट लिए ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा १७२ रनमा समेटिँदै पराजित भयो । विराटनगरका लागि सैफ हसनले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । रसेलको अन्तिम बलमा बसिर अहमद बाट क्याच आउट हुँदै खेल पनि गुमाए ।
उनले आफ्नो पारीमा ५ छक्का र २ चौमक हिर्काए । यस्तै एनपीएलमा डेब्यू गरेका विशाल शुसलिङले पनि प्रभावकारी पारी खेले । उनले ३० बलमा ३ छधक्का र २ चौकासहित ४३ रन बनाए । जिम्मी निसमले १५ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाउँदा मोहिन अलीले १४ बलमा १० रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिए । यस्तै एन्जेलो म्याथुजले ३ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा रुपेश सिंहले पनि महत्त्वपूर्ण एक विकेट लिएृ ।
त्यसअघि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। विराटनगरका लागि सर्वाधिक ओपनर इमरान शेखले ५६ रन बनाए । उनले ४५ बलमा २ छक्का र पाँच चौका हिर्काए ।
यस्तै लोकेश बमले पनि ४० बलमा ५० रन बनाए । त्यसक्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । आजको खेलमा म्यान अफ द म्याचसमेत बनेका आन्द्रे रसेलले मात्र २९ बलमा ५२ रनक अविजित पारी खेले । त्यसक्रममा उनले ५ छक्का र २ चौका हिर्काए । सुभम रन्जाने ७ बलमा अविजित रहँदा सहान जैसुर्या १ रनमा आउट भए ।
चार खेल खेलेको विराटनगरको यो दोस्रो जित हो । यो जितसँगै चार अंक र उच्च रनरेटका कारण अंकतालिकाको शीर्षस्थानमा समेत उक्लिएको छ । यस्तै समाचार चार खेलमै दुई जितेको जनकपुर तेस्रो स्थानमा छ । ३ खेलमा दुई जितसहित ४ अंकका साथ कर्णाली याक्स दोस्रो स्थानमा छ भने चार खेलमै दुई जितसहित ४ अंकका साथ सुदूरपश्चिम चौथो स्थतानमा छ ।
यस्तै एकमा जित र एकमा अंक बाढेको लुम्बिनी लायन्स पाँचौं स्थानमा रहँदा एकमा जित, एक हार र एकमा अंक बाढेर ३ अंकसहित चितवन राइनोज छैटौ स्थानमा छ । दुई खेलमा एक जित र एक हारसहित काठमान्डू गोर्खाज २ अंकका साथ सातौं स्थानमा रहँदा दुई खेलमै हार व्यहोरेको पोखरा एभेन्जर्स अंकविहीन हुँदै अन्तिम स्थानमा छ ।
आजै पाँच बजेदेखि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीचमा खेल हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।