काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्सले आधा इनिङ सकिँदा ६२ रन बनाएको छ ।
जनकपुरले आफ्नो इनिङ्सको पहिलो १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको हो । जनकपुरका लागि मोहिन अलिले रसेलको बलमा सुभम रनजानेबाट क्याउआट हुनुअघि १० रन बनाए ।
यस्तै तृतराज दासले एन्जेलो म्याथुजबाट आउट हुनुअघि ९ रन बनाउँदा अनिल शाह शून्य रनमै आउट भए । सैफ हसन १६ रनमा र बिसाल शुसलिङले २१ रनमा अविजित खेलिरहेका छन् ।
त्यसअघि टस हार्दै पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
विराटनगरका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर इमरान शेखले ५६, लोकेश बमले ५० र आन्द्रे रसेलले ५२ रन बनाए । विराटनगरबाट रसेलको यो अन्तिम खेल हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।