काठमाडौं- प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका गर्न ३४ वटा नेपाली संस्थाले अनुमति पाएका छन्।निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले उक्त जानकारी दिएका हुन्।
त्यस्तै, अहिलेसम्म दुई वटा अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएको र अरु केहिले अनुमति पाउन सक्ने भट्टराईले बताएका छन्।
'हामीले पर्यवेक्षणका लागि दरखस्त आह्वान गरेका थियौं। जसअनुसार आएका निवेदनमध्ये ३४ वटा नेपाली संस्थाले अनुमति पाएका छन्। तिनको अन्तिम नामावली आयोगले केहि दिनभित्र सार्वजनिक हुन्छ,' भट्टराईले नेपाल लाइभलाई भने, 'दुई वटा विदेशी संस्थाले पर्यवेक्षणकोअनुमति पाइसकेका छन्। बाँकी संस्थाबारे तिनिहरूको कागजातको अध्ययन हुँदैछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।