काठमाडौं– पृथ्वीमा बढ्दो संकट र मानव सभ्यता बचाउनका लागि वैज्ञानिक लामो समयदेखि अनुसन्धानरत छन्। अझ भन्नुपर्दा मानव सभ्यता बचाउनका लागि वैज्ञानिक अर्को ग्रहमा बस्ती सार्ने विषयमा पनि अध्ययनरत छन्।
हालै एक अध्ययनमा वैज्ञानिकले पृथ्वीबाहेक अन्य ग्रहमा पनि मानव बस्ती बसाउन मिल्ने बताएका छन्। दुई वटा एक्सोप्लानेट पत्ता लगाएका छन्। जहाँको एउटा ग्रहमा जीवनको अस्तित्व कायम हुनसक्छ।
विज्ञानको भाषामा हाम्रो सौर्यमण्डल बाहिर रहेका र अर्को ताराको वरिपरि परिक्रमा गर्ने ग्रहहरूलाई एक्सोप्लानेट शब्द प्रयोग गरिन्छ। वैज्ञानिकहरूले पत्ता लगाएका दुई ग्रहहरू पृथ्वीबाट करिब एक सय प्रकाश वर्षको दूरीमा रहेका छन्।
खगोलभौतिकविद् लेटितिया डेलरेजले यो खोजको नेतृत्व गरेकी थिइन्। उनको टोलीमा विश्वभरका वैज्ञानिकहरू थिए।
यी मध्ये एउटा ग्रह ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटको सहयोगमा पत्ता लागेको छ। जसको नाम एलपी ८९०–९ बी हो। र अर्को ग्रह पहिलो ग्रहको सहयोगमा पत्ता लागेको हो। दोस्रो ग्रहको नाम एलपी ८९०–९ सी राखिएको छ।
यसको आकार पृथ्वीभन्दा झण्डै ४० गुणा ठूलो रहेको बताइएको छ। तर एलपी ८९०–९ बी ग्रह भने पृथ्वीभन्दा करिब तीन गुणा ठूलो रहेको छ। उक्त ग्रहको खोजका लागि स्पेक्युलोस टेलिस्कोपहरूको पनि प्रयोग गरिएको थियो।
एलपी ८९०–९ बी ग्रहले परिक्रमा गरिरहेको ताराको तापक्रम हाम्रो सूर्यको तापक्रमको आधा रहेको वैज्ञानिकको दाबी गरेको छ। यहाँको वायुमण्डल जीवनका लागि उपयुक्त मानिएको छ। हाल नासाको आर्टेमिस १ मिसनले यस ग्रहको अध्ययन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।