फाइल तस्बिर
काठमाडौं– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। नयाँ बानेश्वर क्षेत्रको मुख्य सडक (रामशाह पथ) वरपरका अनधिकृत संरचना हटाउन महानगरले डोजर चलाएको हो।
सडक सीमा मिचेर बनाइएका संरचनाहरु हटाउने अभियानअन्तर्गत शुक्रबार बानेश्वर क्षेत्रमा डोजर चलाइएको महानगरपालिकाका अधिकारीले जानकारी दिएका छन्।
यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रबाट भूमिगत पार्किङ खाली गराउने अभियान सुरु गरेको थियो। भूमिगत पार्किङ खाली गराउने अभियानपछि महानगरपालिकाले सडक सीमा मिचेर बनाइएका संरचना हटाउन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।