१. निर्वाचन आयोगले समानुपातिक सूचीलाई बनायो खुकुलो, सच्चिएको नाम अन्तिममा बस्नुपर्ने, पाँच वर्षअघिको बन्द सूची खारेज गरिदै, निर्वाचन आचारसंहिता पनि केही खुकुलो पारिने । (आयोगले बनयो समानुपातिक सूचीलाई खुकुलो)
२. अग्निपथ योजनाबारे नेपालले समयमै निर्णय नगरे ’कोटा’ फिर्ता लिन बाध्य हुने भारतीय सेना प्रमुखको धारणा, नयाँ सरकारले राष्ट्रिय सहमति गरेर निर्णय लिने परराष्ट्र मन्त्रालयको प्रतिक्रिया । (अग्निपथ योजनाबारे भारतीय धारणा)
३. मूल्य वृद्धि गत वर्षभन्दा दोब्बर, साउनमा ८ दशमलब २६ प्रतिशतले बढ्यो, गत वर्षको भन्दा बढ्यो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १२ अर्ब डलरले घट्यो । (मूल्य वृद्धि गत वर्षभन्दा दोब्बर)
४. युक्रेनले आफ्नो नियन्त्रणमा लिन सफल भएको खार्किभ प्रान्तबाट किभ फर्कँदै गर्दा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार दुर्घटना, कुनै चोट नदेखिएको उल्लेख, दुर्घटना सम्बन्धी अनुसन्धान जारी । (युक्रेनी राष्ट्रपतिको कार दुर्घटना)
५. र, राष्ट्रिय खेलकुद परिषद्द्वारा नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल र खेल तालिका सार्वजनिक, ४ जिल्लामा छैनन् कुनै खेल, पोखरामा भने पार्टी प्यालेसदेखि स्कुलसम्म । ( खेलस्थल र खेल तालिका सार्वजनिक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।