काठमाडाैं- वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसाेसियसनका पूर्व अध्यक्ष शम्भु थापाले महाभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर फैसला सुनाएको तर अहिले समितिमा हा हा हा गरेकै भरमा उन्मुक्ति पाउने हो?’ भनी प्रश्न उठाएका छन् ।
महाभियोग सिफारिस समितिमा बयान दिन पुगेका थापाले आफ्नै श्रीमतीलाई काटेर बोरामा हाल्ने अनि आगो लगाउने अभियुक्तलाई पनि चित्तमा लागेकै भरमा कसैले सजाय माफ दिन सक्छ ? भनी प्रश्न उठाए ।
‘कसैले पैसा खाएर बाहेक यस्तो फैसला गर्न सक्छ अनि बयान दिँदा मेरो गल्ती भयो, चित्तमा कि केमा लाग्यो भनेर उन्मुक्ति हुन्छ ’ थापाले प्रश्न गरे, ‘घुस खाने बेलामा खानसम्म खाने, न्यायलाई मार्दिने । अनि आरोप लागेपछि अहिले हा हा हा गरेको भरमा उन्मुक्ति पाइन्छ ?’
उनले आफूले लामो समयदेखि धेरै न्यायाधीशकोमा बहस गरेको तर चोलेन्द्रको इजलासमा बहस गर्न जाँदा कुन पक्षमा मिलाएको छ भनेर शंका गर्नुपर्ने अवस्था भोगेको उनले बताए । उनले क्यासिनोदेखि चलखेल गर्ने मुद्दाहरु उनले सधैं कि आफू कि त आफूले विश्वास गर्ने न्यायाधीशहरुको पेशी तोकेको कुरा घाम जत्तिकै छर्लङ्ग भएको दावी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।