फाइल तस्बिर
काठमाडौं– काभ्रेपलाञ्चोक बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति पहिरोले घर पुरिंदा आमा र छोराछोरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङ, उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
आमा ठूलीमा मायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने छोरा र छोरीको घटनास्थलमै मृत्यु भएको एसपी जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।