• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खेलकुद विकास समिति अध्यक्षलाई बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालतद्वारा बदर 

64x64
रिखिराम जिसी बुधबार, भदौ २९, २०७९  २०:३२
1140x725

पोखरा– उच्च अदालत पोखराले गण्डकीका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई हटाउने गण्डकी प्रदेश मन्त्रिपरिषद्को निर्णयलाई बदर गरेको छ । 

न्यायाधीश ऋषि राजभण्डारी र उज्ज्वल शुक्लको संयुक्त इजलासले जिल्ला खेलकुद विकास समिति अध्यक्ष हटाउने प्रदेश मन्त्रिपरिषद्को गत वैशाख ९ गतेको निर्णय बदर गर्ने फैसला गरेको हो । 

उच्च अदालतले समितिको अध्यक्ष पदमा यथावत रुपमा हाजिर गराई काम काज गर्न दिनु भनी विपक्षी प्रदेश मन्त्रिपरिषद तथा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको नाममा परमादेशसमेत जारी गरेको छ । 

‘यी रिट निवेदकहरुलाई नियुक्त गरिएको सम्बन्धित जिल्ला खेलकुद विकास समिति अध्यक्ष पदमा यथावत रुपमा हाजिर गराई काम काज गर्न दिनू भनी विपक्षी प्रदेश मन्त्रिपरिषद् तथा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको नाममा परमादेश समेत जारी गरिदिएको छ,’ उक्त फैसलामा उल्लेख छ । 

उक्त मुद्दाको पक्षमा अधिवक्ताहरु सुरेन्द्र थापामगर, कृष्णकुमार श्रेष्ठ र विष्णुप्रसाद लम्साल र विपक्षबाट मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, उपसचिव गोविन्द गिरी, शाखा अधिकृत शान्ति शर्मा बहस गरेका थिए । 

Ncell 2
Ncell 2

गत २०७८ चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलाई स्पष्टीकरण सोध्ने र वैशाख ९ गते पदबाट हटाउने भनी पत्र पठाएको थियो । जिल्ला अध्यक्षहरुले पाएको जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रिपरिषद बैठकले हटाउने निर्णय गरेको प्रदेश सरकारले उल्लेख गरेको थियो । जुन एकै मितिमा एकै व्यहोराको स्पष्टीकरण सोध्ने र एकै मितिमा हटाउने भनी गरेको निर्णय न्यायको सिद्धान्त र कानुनी प्रक्रियाविपरीत भएको भन्दै उच्च अदालत पोखराले बदर गरिदिएको हो । 

नियुक्त गर्ने अधिकारी समक्ष पदबाट हटाउन सक्ने अख्तियारी रहने भएतापनि पदाधिकारीलाई कानुनले तोकेको पदावधि नहुँदै पदबाट हटाउनु परेको कारण उल्लेख गर्नुपर्ने कानुनी प्रावधान छ । 

आफूहरुलाई गैरकानुनी बाटो रोजेर पदबाट गण्डकी प्रदेश सरकारले हटाउने काम गरेको भन्दै कृष्णसिंह बस्नेत, अनिल पाण्डे र गिरिप्रसाद गुरुङसहितले प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसहितलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा यथावत रही कार्य गर्न परमादेशको आदेश मागसहित निवेदन दिएका थिए ।

निवेदनमा उच्च अदालत पोखराका नयायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले असार ६ गते खेलकुद विकास समितिका अध्यक्षको पद यथास्थितिमा राख्नू भनी विपक्षको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

समितिमा रहेर चार वर्ष काम गर्न पूर्व गण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको मन्त्रिपरिषद बैठकले ११ जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको थियो । उनीहरुले तीन वर्ष काम गरिसकेको र एक वर्ष बाँकी हुँदा प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले समितिलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै जिल्लाका ११ जना अध्यक्षलाई पदबाट हटाइएको थियो ।

अपवित्र गठबन्धनको सरकारले पूर्वाग्रही हिसावले अघिल्लो सरकारले गरेको नियुक्तिलाई बदर गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष कृष्णसिंह बस्नेतले बताए । ‘अनावश्यक लाञ्छना लगाउने र स्पष्टीकरण सोध्ने काम भयोे । हामीले स्पष्टीकरण दियौं, स्पष्टीकरण दिएको एक दिनमै हामीलाई बर्खास्त गरियो,’ उनले भने ।  

समितिको कार्य अवधि २०८२ वैशाखसम्म थियो । तर काम गर्न नपाएको अवधि पनि थप हुने बस्नेतले बताए । ‘हामीलाई ४ वर्षका लागि नियुक्ति दिएको हो, अब हामी उच्च मनोबलका साथ काम गछौं’ उनले भने ।  
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्ति... मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त... मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्