• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
च्याम्पियन्स लिग

घरमा हार्न नजानेको बायर्नसँग बदला लिने दाउ, कति सफल होला लेवान्डोस्की फ्याक्टर?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २८, २०७९  १८:१७
1140x725

काठमाडौं– च्याम्पियन्स लिगको सिजन २०२२–२३ को समूह चरणको ‘ड्र’ मा बार्सिलोना र बायर्न म्युनिख एउटै समूहमा परेलगत्तै बायर्न स्ट्राइकर थोमस मुलरले एउटा भिडिओ सन्देश पोस्टिए। आफ्ना पूर्वसहकर्मी रोबर्टो लेवान्डोस्कीको नाम लिँदै मुलरले भने, ‘फुटबल फ्यानहरुका लागि यो कस्तो राम्रो ड्र। मिस्टर लेवान्डोस्की, म्युनिखमा छिट्टै भेटौंला। आउनुहोस्, च्याम्पिन्स लिगको सिजन रक गरौं।’

मुलरले लेवान्डोस्कीलाई दिएको निम्तोको समय आइपुग्न अबको केही घण्टामात्रै बाँकी छ। च्याम्पियन्स लिगको दोस्रो खेलमा मंगलबार राति दुई युरोपियन ‘जायन्ट्स’ स्पेनिस महारथी बार्सिलोना र जर्मन लिग बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख आमने–सामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ। 

बार्सिलोनका प्रमुख प्रशिक्षक जाभी हर्नान्डेज आफ्नो टोलीलाई बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेना पुगिसकेका छन्। आज हुने बायर्नसँगको खेललाई लिएर बार्सिलोनको सिजन २०२२/२३ को वास्तविक परीक्षा हुने बताइएको छ। क्याटलान क्लब बार्सिलोनाले यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा भिक्टोरीया प्लानेजविरुद्ध ५–१ अन्तरले हराउँदै सुखद सुरुवात गरेको छ। उता बायर्नले पनि आफ्नो पहिलो खेलमा इटालियन ‘सिरी ए’ क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हराएर च्याम्पिन्स लिगमा आफ्नो दबादबालाई कायमै राखेको छ।

यसै सिजन बायर्नबाट बार्सिलोनमा आबद्ध भएका स्टार पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीकै ह्याट्रिकमा बार्सिलोनाले च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ। च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका उनै लेवान्डोस्की यतिबेला आफ्नो पूर्वक्लबविरुद्ध मैदानमा उत्रन जर्मन पुगिसकेका छन्।

च्याम्पियन्स लिगको बायर्नविरुद्धका अन्तिम चार खेलमा बार्सिलोना नराम्रोसँग पराजित भएको थियो। चार खेलमा १७ गोल खाएर बार्र्सिलोनाले खराब इतिहास बनाउँदा ४ गोल लेवान्डोस्कीले नै गरेका थिए। तिनै लेवान्डोस्की अहिले बार्सिलोनको मुख्य हतियार बनेर बायर्नलाई हराउने लक्ष्यसहित एलियान्ज एरेना पुगिसकेका छन्।

यता, प्रशिक्षक जुलियन नागेल्सम्यानको क्लब बायर्नले पनि बलियो मानिएको इन्टर मिलानलाई हराएर उच्च आत्मबल बनाएको छ। लेवान्डोस्कीलाई बेचेर प्रिमियर लिग क्लब लिभरपुलबाट साडिओ मानेलाई भित्र्याएको बायर्नले मानेबाट ठूलो आश गरेको थियो। मानेले बुन्डेसलिगामा ३ गोल गरिसकेका छन्।

Bayarn-team1663072236.gif

गत सिजन युरोपियन च्याम्पियन्स लिगको समूह चरण नै पार गर्न नसकेपछि युरोपा लिग खेलेको बार्सिलोनामा अहिले धेरै उथलपुथल भइसकेको छ। प्रशिक्षक जाभी हर्नान्डेजले टिममा धेरै परिवर्तन गरिसकेका छन्। त्यसको सकारात्मक नतिजा देखिइसकेको भन्दै बार्सिलोना अहिले उच्च मनोबलमा छ। 

Ncell 2
Ncell 2

यही हप्ता भएको ला–लिगाको खेलमा बार्सिलोनाले कार्डिजलाई ४–० ले हराएर गत सिजन भन्दा यो पटक बलियो भएको संकेत दिइसकेको छ। च्याम्पियन्स लिगको उद्घाटन खेल र ला–लिगामा गरेको उत्कृष्ट प्रर्दशनबाट उच्च मनोबलका साथ एलियान्ज एरिना पुगेको बार्सिलोनामाथि पुरानौ दबादबा राख्ने दाउमा बायर्न छ।

यता, च्याम्पियन्स लिगमा आफ्नो घरेलु मैदानमा बायर्नले बार्सिलोनासँग हारेको रेकर्ड अहिलेसम्म छैन। च्याम्पियन्स लिगमा बायर्नको घरेलु मैदानमा भएको ६ खेलमा ४ मा जित निकालेको बायर्न २ खेलमा बराबरीमा रोकिएको थियो।

यस सिजन भएका अन्तिम पाँच खेलका नतिजा हेर्ने हो भने बायर्न भन्दा बार्सिलोना राम्रो अवस्थामा देखिन्छ। अन्तिम पाँच खेलमा २ मा जित र ३ मा बराबरीमा बायर्न रोकिँदा बार्सिलोनाले १ मा बराबरी खेलेको छ भने चार खेलमा जित हात पारेको छ। 

यो सिजन बार्सिलोना बलियो देखिएका कारण :
ठूला प्रतियोगितामा जाभीको रेकर्ड
जाभीले बार्सिलोनको प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै ठूलो म्याचमा उनलाई तुलनात्मक रुपमा सफलता मिलेको देखिन्छ। २०२१–२२ को मध्यबाट उनले बार्सिलोनाको प्रशिक्षक सम्हालेपछि रियल मड्रिडलाई ४–०, एथ्लेटिको मड्रिडलाई ४–२, नापोलीलाई ५–३ र सेभिल्लालाई १–० ले बार्सिलोनाले हराएको छ। 

यसै सिजन पनि बार्सिलोनाले बलियो मानिएको सेभिल्लालाई ३–० ले हराएको छ। मैत्रीपूर्ण खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग पनि ३–३ को बराबरी खेलेर बार्सिलोनाले आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ। जाभीले आफ्ना खेलाडीलाई आत्मबल/हौसला बढाउँदै खेल्न प्रेरित गरिरहेका छन्।

Barcelona-team1663072236.gif

प्रसस्तै विकल्प
बार्सिलोनासँग अहिले प्रशस्त विकल्प हुँदा मुख्य खेलाडी केंग्ली कोमनबिनै बायर्न मैदान उत्रनुपर्ने अवस्था छ। मैदानमा उत्रने मात्रै होइन, बार्सिलानोको बेन्चमा रहने खेलाडी पनि त्यतिकै भरपर्दा छन्।

लेवान्डोस्की, डेम्बेले, राफिना मंगलबारको खेलमा जाभीको पहिलो रोजाइ बन्न सक्छन्। उनीहरु पहिलो रोजाइमा हुँदा फाती, फेर्रान टोरेस, मेम्फीस डिपाय जस्ता प्रभावशाली खेलाडीको विकल्प जाभीसँग हुनेछ। मिडफिल्डमा पनि सर्जिओ बुस्केट्स, पेड्री, गाभी, फ्रेंकी डिजोङ, फ्यांक केसेई जस्ता खेलाडी छन्।

लेवान्डोस्की फ्याक्टर
बायर्नमाथि बदला लिन बार्साको मुख्य फ्याक्टर भनेकै लेवान्डोस्की हुन्। बायर्नले च्याम्पियन्स लिगमा बार्सिलोनालाई दुई पटक ३–० गोलको अन्तरले हराउँदा बायर्नको अट्याकिङका मुख्य हतियार लेवान्डोस्की थिए।

तर, यो सिजन ठीक उल्टो छ, लेवान्डोस्की अहिले बायर्न छाडेर बार्सिलोना आइपुगेका छन्। बार्सिलोना आएका लेवान्डोस्की अहिले पनि उत्तिकै फर्ममा छन्। यस सिजनका ६ खेलमा उनले ९ गोल र २ असिस्ट गरिसकेका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्