काठमाडौं– मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने ह्वात्तै बढेको छ।
यसदिन सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।