काठमाडौं– देशको एकमात्र गुप्तचरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापाको बढुवा गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई गुप्तचर प्रमुखमा बढुवा गर्ने निर्णय गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। हालका गुप्तचर प्रमुख यदुलाल खरेल मंगलबारबाट ५८ वर्षे उमेर हदका कारण खरेल अनिवार्य अवकाशमा जाने भएपछि थापालाई गुप्तचर प्रमुख बनाइएको हो।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) हुतराज थापा र ओम जोशी गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा थिए। अन्ततः सरकारले थापालाई बढुवा गरेको हो। उनले तीन वर्षसम्म कार्यालय सम्हाल्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।