काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुबीच शिष्टाचार भेट भएको छ। ली चार दिने नेपाल भ्रमणमा क्रममा सोमबारै नेपाल आएका हुन्।
उनीहरुबीच संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भेट भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
लीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटा नै पुगेका थिए। ली नेतृत्वको भ्रमण दलमा सय जना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।