काठमाडौं– दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरु झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।
घोषणा कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरेका छन् ।
ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्ने प्रावधान छ । उक्त्त प्रतियोगिताको पहिलो चरणको छनौट असोज १५ मा जूम मिटिङबाट गरिनेछ ।
छनौट भएका प्रतियोगीहरुले पौष १६ भित्र आफूले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेलमा पठाइसक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता घोषणा माघ १ गते गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका निम्ति ठूलो टेवा पु¥याउने बताए । आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर रुपमा आउनुपर्ने बताउँदैे दया फाउन्डेसनले उदाहरणीय प्रतियोगिता सञ्चालन गरेको भन्दै प्रशंसा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।