काठमाडौं– सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।
बैठकले महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म देशभर सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
बैठकले यो दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ।
संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहिबार निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।