काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यस अवधिमा दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ९४ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार एक सय ८६ जनाले पिसिआर र दुई हजार एक सय आठको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो चौबिस घण्टामा एक सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ८४ हजार ८२ पुगेको छ। संक्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ। होम आइसोलेशनमा दुई हजार तीन सय ५९, संस्थागत आइसोलेसन ८९, आइसियू १८ र भेन्टिलेटरमा दुई जना संक्रमित रहेका छन्।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं र दुई सयभन्दा बढी संक्रमित रहेको जिल्लामा ललितपुर रहेको छ।
शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, दाङ, जाजरकोट, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४१, ललितपुर चार सय २१ र भक्तपुरमा ३२ सक्रिय सङक्रमित रहेका छन्। कूलमा संक्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।