प्रतिकात्मक तस्बिर
धनगढी– कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिका सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीमा जाहेरी परेको छ।
नगरपालिकाको वडा नं. १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएको जाहेरी दिइएको हो।
भदौ २१ गते राति ती बालिकालाई ४ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्। काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरी पत्रमा उल्लेख छ।
आरोपितमध्ये तीन जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए। पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।