• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लेखा अधिकृतले गरे दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, बैंक रकम र जग्गा जफत, ९ वर्ष कैद

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २४, २०७९  १४:५३
1140x725

काठमाडौं- सामान्य लेखा अधिकृतको जागिरे। सम्पत्ति भने अथाह। काठमाडौंमा आफ्नो नाममा जग्गा-जमिन। श्रीमतीदेखि दिदी, सासु तथा साढु दाइको नाममा काठमाडौंको ज्ञानेश्वरमा जग्गा तथा बैंक ब्यालेन्स। दुई वर्षमै करिब साढे ७ करोडको सम्पत्ति आर्जन।

उदयपुरको कटारी नगरपालिकाका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालको कमाइ देखेर सहकर्मी मात्रै होइन, परिवारकै सदस्य समेत चकित पर्थे।

करोडौंको कारोबार गर्न थालेपछि श्रीमती रिना आचार्य ढकाल समेत चकित पर्थिन्। जवाफमा श्रीमतीलाई रविनचन्द्र भन्थे, ‘बुबाआमा जागिरे। पुर्ख्यौली सम्पत्ति धेरै, त्यही बेचेको।’

तर, रविनचन्द्रले भनेजस्तो पुर्ख्यौली सम्पत्तिको कारोबार नभएको विशेष अदालतले ठहर गर्यो। सम्पत्तिको स्रोतबारे उनले अदालतसमक्ष पनि त्यही दाबी गर्थे, जे श्रीमतीलाई सुनाएका थिए। 

उनको दाबी प्रमाणबाट पुष्टि हुन नसकेको र रविनचन्द्रले भ्रष्टाचार नै गरको ठहर गर्दै विशेष अदालतले फैसला सुनाएको छ। भदौ २२ गते रविनचन्द्रलाई ९ वर्ष कैदको फैसला गर्दै विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले रविनचन्द्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको तीन वटै मुद्दामा दोषी ठहर गरेको छ। 

इलामको माई नगरपालिकाको लेखा अधिकृत भएका बेला ३ करोड २४ लाख ५६ हजार १४१ रुपैयाँ भ्रष्टाचार गरेको, उदयपुरको कटारी नगरपालिकाको लेखा अधिकृत हुँदा ३ करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ भ्रष्टाचार गरेको र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ७९ हजार ३०६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ। भ्रष्टाचार गरेको रकम बराबरको बिगो र सोही बराबरको जरिवाना समेत हुने फैसला विशेष अदालतले गरेको छ। 

२०७२ सालमा सेवा प्रवेश गरेका रविनचन्द्र करिब ३ वर्षमै साढे ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अदालतले पुष्टि गरेको हो। अख्तियारले पक्राउ गरेर मुद्दा चलाएका रविनचन्द्रलाई अदालतले पुर्पक्षमै राखेर फैसला सुनाएको छ। करिब ४ वर्ष कैद बसिसकेका उनी अदालतको फैसला अनुसार अझै ५ वर्ष कैद बस्नुपर्ने भएको छ।

आमादेखि श्रीमती र साढु दाइका नाममा सम्पत्ति
भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका लेखा अधिकृत ढकालले आफ्नो नाममा मात्रै होइन, आफ्ना नातेदारदेखि साथीको नाममा समेत सम्पत्ति राखेको पाइएको छ। नगरपालिकाका लागि आएको रकम नै आफ्नो निजी बैंक खातामा राखेर व्यक्तिगत बनाएका ढकालले आफ्ना नातेदारको नाममा बैंक खाता खालेर राख्ने गरेको र घर-जग्गामा समेत लगानी गरेको विषय अदालतले पुष्टि गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ढकालले भ्रष्टाचार गरेर किनेको ललितपुरको झरुवाबासीको जग्गा, सिन्धुलीको जग्गा समेत जफत गर्नुपर्ने ठहर विशेष अदालतले गरेको छ। 

त्यसैगरी आफन्तका नाममा बैंक खाता खोलेर राखिएका सम्पत्ति समेत जफत गर्नुपर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए।

ढकालले बैंकको नाममा विभिन्न कीर्ते पत्र तथा कागजात तयार गरी कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा बदनियतपूर्ण तरिकाले राख्ने गरेको पाइएको थियो। 

कटारी नगरपालिकामा हुँदा २०७४ माघ महिनाको दोहोरो तलब निकाली ३६ हजार ९ सय ७ तथा २०७४ चैत्त महिनाको तलबी भर्पाइ मिलाई ५० हजार समेत गरी कुल जम्मा ३ करोड ९ लाख ३६ हजार ९ सय ८७ भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम आफैंले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यहरुको नाममा अचल सम्पत्ति घर-जग्गा-जमिन खरिद गरेका थिए।

ढकालले भ्रष्टाचार गरी कमाएको रकमबाट खरिद गरिएको जग्गा श्रीमती रिना आचार्य, आमा प्रेमकुमारी दाहाल, काकी सावित्री प्याकुरेल सासु तुलसादेवी आचार्य, र साथी प्रमिला भण्डारीको नाममा राखेको पुष्टि भएको छ। 

माई नगरपालिकामा रहँदा ढकालले बैंकमा रकम जम्मा गर्ने प्रयोजनका लागि पठाएको पत्रमा र कार्यालयमा रहने पत्रमा विवरण फरक पार्ने, कार्यकारी अधिकृतको हस्ताक्षर आफैंले गर्ने र राजस्व तिरेको भौचर खडा गरी भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्