प्रतिकात्मक तस्बिर
काठमाडौं– भारतले टुक्रिएको चामल अर्थात् कनिकाको निर्यातमा रोक लगाएको छ। धान उत्पादन घटेर घरेलुस्तरमा आपूर्ति कसिलो हुने हो कि भन्ने चिन्ताले भारत सरकारले कनिका निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतले गैरबास्मती चालमको निर्यातमा पनि २० प्रतिशत शुल्क लगाएको छ।
प्रतिबन्ध लागू हुनुअघि ढुवानी भइसकेका वा ढुवानी महसुल तिरिसकेका, ढुवानीका लागि जहाजहरू भारतीय बन्दरगाहमा आएर बसिसकेका, रोटेशन नम्बर जारी भइसकेका वा भन्सारमा कन्साइन्मेन्ट बुझाइसकेको अवस्थाको ढुवानीलाई भने सेप्टेम्बर १५ सम्म निर्यातको अनुमति दिइएको छ।
भारतको पछिल्लो बढाएको चामलको शुल्कले नेपालमा पनि चामलको मूल्य बढने सम्भावना देखिन्छ। नेपालले भारतबाट वार्षिक ७÷८ अर्ब रुपैयाँको चामल आयात गर्दै आएको छ। गत आर्थिक वर्षमा नेपालले विदेशबाट २९ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको कूल ५२ करोड ८३ लाख ७५ हजार केजी मूल्य बराबरको गैरबासमती चामल आयात गरेको छ।
यसैगरी, नेपालले कनिका चामलको आयात भने डेढ अर्ब रुपैयाँको गरेको छ। एक अर्ब ५३ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको ५ करोड ३ लाख ८५ हजार ८९३ केजी टुक्रे चामल आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।