काठमाडौं– निलम्बित प्रधानन्याधीस चोलेन्द्र शमसेर जबराकी छोरी सृष्टि राणा रावलकाे नाममा ऋण चुक्ता गर्न सूचना जारी भएकाे छ।
सृष्टिले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएकाे ऋण नतिरेपछि सहकारी संस्थाले सार्वजनिक सूचना जारी गरेकाे हाे ।
ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको जनाउँदै सहकारीले २१ दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ । यो ऋणको जमानीकर्ता भने पूर्वगभर्नर तिलक रावलका छोरा विनय रावल रहेको सूचनामा उल्लेख छ। विनय सृष्टिका श्रीमान हुन्।
जमानीकर्ताको समेत तीन पुस्ते विवरण छपाएर सहकारीले ऋण तिर्न अल्टिमेटम दिएको छ। यद्यपि, उनले सफाई पाइसकेका छन् । तोकिएको समयभित्र कर्जा चुक्ता नगरे घरजग्गा लिलाम गर्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।