काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सरसफाइ गरेको छ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको परिपत्र अनुसार शुक्रबार १०९औं बीपी जयन्तीको अवसरमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाइ गरिएको नेविसंघका नेता तेजविक्रम देवकोटाले जानकारी दिए।
देशकै पूरानो विश्वविद्यालय त्रिविमा सरसफाइका साथै दिवंगत नेताको जन्मजयन्ती दिवस मनाएको नेविसंघले जनाएको छ। सरसफाइ कार्यक्रमले डेंगुको संक्रमणबाट बच्न सहयोग पुग्ने पनि नेविसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।