काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ।
काठमाडौंको एक कलेजमा अध्ययनरत १५ वर्षीया किशोरीले गौशला प्रहरी वृत्तमा उजुरी दिएकी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी रविन्द्र धानुकले जानकारी दिए।
मंगलबार साँझ परेको उजुरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ।
लामिछानेले गत भदौ ५ गते उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख रहेको बताइएको छ।
सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसियामा छन्। पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए। टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न सेन्ट लुसिया गएका हुन्।
उक्त प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै बुधबार नेपाल प्रहरीले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ, तर लामिछानेले अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।