• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दिलिप हत्या प्रकरण : तीन वर्षदेखि न्याय खोज्दै महतो परिवार

दिदी संगम भन्छिन्- 'आशा जीवितै राखेर जनकपुर फर्किँदै छु'
64x64
कल्पना घिमिरे सोमबार, भदौ २०, २०७९  १४:३२
1140x725

काठमाडौं- ‘मैले काठमाडौंका वकिलहरुलाई भेटेर न्यायका लागि अपिल गरेकी छु। भाइले न्याय पाउने आशा जीवितै राखेर जनकपुर फर्किँदै छु,' संगमकुमारी महतो मसिनो स्वरमा बोलिन्। 

संगमका भाइ दिलिपको हत्या भएको तीन वर्ष बितिसक्यो। तर उनको परिवार न्याय खोज्दै कहिले धनुषा त कहिले काठमाडौंको चक्कर लगाइरहेको छ।

भाइ दिलिपका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै दिदी संगम बाबुलाई समेत लिएर संघीय राजधानी काठमाडौं आएकी थिइन्। काठमाडौंमा रहँदा विभिन्न निकाय धाएकी उनी अहिले जनकपुर फर्किएकी छिन्।

संगमले भनिन्, 'यही भदौ ३० गते मुद्दाको पेसी छ। त्यस दिन डाक्टरको बकपत्र हुन्छ होला। जान नपाएकोले मलाई पनि खासै थाहा छैन। अब जनकपुर गएर बुझ्छु।’ 

Sangam-kumari1662367411.jpg
संगमकुमारी महतो

०००

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका-५, श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलिप) कलेज बिदामा दुई साताअघि मात्र घर आएका थिए। 

२०७६ साल पुस २५ गते घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि दिलिप क्रसर रोक्न भन्दै खोलामा पुगेका थिए। ना७ख ६४१३ नम्बरका टिप्पर चालक महोत्तरी बर्दिबास-९ का ३४ वर्षीय मुनिन्द्र महतोले ठक्कर दिएर हत्या गरेको आरोप लागेको थियो।

औराही खोलामा अवैध क्रसर रोक्न पुगेका दिलिपलाई पहिला लिभरले शरीरभरि प्रहार गरेर पछि सडकमा लगेर टिप्परले किचिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एक महिनाको अनुसन्धानपछि २०७६ माघ २२ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो। सरकारी वकिलको कार्यालयले विनोद महतो, मुनिन्द्र महतो, सत्यनारायण महतो, जितेन्द्रकुमार महतो, विपिनकुमार महतो, रोशनकुमार यादव र शत्रुधन महतोलाई विपक्षी बनाउँदै मनसायपूर्वक हत्या गरिएको अभियोगमा मुद्दा दायर गरेको थियो। 

अभियोगपत्रमा दिलिपलाई यातना दिई क्रुरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जन्म कैद सजायको माग गरिएको थियो।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै पुर्पक्षका लागि थुनामा पठायो। अदालतमा पेस भएका रोशनकुमार, सत्यनारायण र शत्रुधन २५ हजार रुपैयाँ धरौटीमा रिहा भए।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विनोद महतो साधारण तारिखमै २०७७ असोज २६ मा जिल्ला अदालतबाटै छुटेका थिए।

Xtrem

Xtrem

Croccer-iindustry1662367461.jpg

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरले उच्च अदालतमा निवेदन दियो। यसअघि थुनामा रहेकाहरुले धरौटीमा रिहाइको माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्ने निर्णय सुनाएपछि उनीहरु थुनामै रहेका छन्। 

अदालतको आदेशमा छुटेका विनोदले उल्टै आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा दिलिपको परिवारमाथि जनकपुर उच्च अदालतमा मुद्दा हाले। 

२०७६ माघ २२ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हालसम्म तीन पटक आदेश भइसकेको छ भने ६ पटक स्थगित गरिएको छ। तीन वर्षमा ११ पटक पेसी चढेको मुद्दामा ९ पटक न्यायाधीशको इजलास तोकियो। मुद्दा दर्ता भए लगत्तै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पुर्पक्षको आदेश गरेको थियो।

त्यसपछि २०७८ असोज ७ गते न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासले साक्षी बुझ्ने आदेश गर्‍यो। हरेक पेसीमा मुद्दा स्थगित भए। एकै पटक २०७८ फागुन २५ गते न्यायाधीश तीर्थराज केसीको इजलासले पुनः साक्षी बुझ्ने आदेश गर्‍यो। जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोकिन थालेपछि मुद्दा सुनुवाइ हुनेभन्दा स्थगित हुने धेरै भयो।

त्यस पेसीपछि न्यायाधीशहरु भीष्मराज प्रसाईं, परशुराम भट्टराई र श्रीप्रसाद उप्रेतीको इजलासमा पेसी पर्‍यो। तर सुनुवाइ हुन सकेन। बीचमा एक पटक वकपत्र नभएको भन्दै उक्त प्रक्रिया पूरा गरेर पेस गर्न भनियो। हाल न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेकाले अदालतमा नयाँ न्यायाधीशहरु गएका छन्।

०००

दिलिपको न्यायका लागि काठमाडौं आएका संगमका बुबा बिरामी परे। संगमले केही दिन बुबालाई उपचार गराइन्। न्यायका लागि दौडधुप पनि गरिन्। काठमाडौं आएर कहिले वकिलकहाँ धाइन् त कहिले पत्रकार सम्मेलन गरिन्।   

‘प्रधानमन्त्री र मन्त्रीलाई भेट्ने तयारी पनि गरेकी थिएँ। तर भ्याइँन। ३० गते मुद्दा पेसी छ। बीचमा फेरि आउँछु अनि भेट्छु होला,’ उनले भनिन्।

काठमाडौं आएपछि न्यायका लागि लड्नुपर्छ भन्ने आत्मबल बढेको संगम बताउँछिन्।  

‘अचानक अन्यायमा त हामी पो परेको हो। न्याय त्यही गतिमा के पाइन्थ्यो। विस्तारै पाइएला नि,’ संगमले भनिन्, ‘पहिला के गर्दा राम्रो हुन्छ भन्ने नै थाहा थिएन। जनकपुर बसेर न्याय पाउने आश मरेपछि न्यायको खोजीमा काठमाडौं आएको हुँ।’

दिलिपको परिवार भदौ ११ गते काठमाडौं आएको थियो। दिलिपका बुबा रामजीवन, बहिनीहरू संगम र लक्ष्मी तथा भाइ ख्वाइस काठमाडौं आएका थिए। तीन वर्षसम्म न्याय नपाएपछि धनुषाबाट काठमाडौं आउनुपरेको संगमले बताइन्।

Crosser-industry1662367552.jpg

‘दाइको चिन्ताले बुबा पनि रोगी बन्दै जानुभएको छ। पछिल्लो एक वर्षमा तीन पटक आइसियु र एक पटक भेन्टिलेटरमा राख्नुपर्‍यो बुबालाई,’ संगमले भनिन्, ‘उहाँलाई दम पनि छ। औषधि बोकेरै काठमाडौं आएका हौं। यहाँ आएपछि थप उपचार पनि गर्‍यौं।’

रोगले च्याप्दै गएकाले न्याय नपाउँदै आफूलाई केही हुने हो कि भन्ने बुबाको चिन्ता रहेको उनले सुनाइन्। 

‘जिउँदो छँदै छोराले न्याय पाएको हेर्ने इच्छा छ भन्नुहुन्छ,’ संगमले भनिन्, ‘तर न्याय कहिले पाइन्छ थाहा छैन।’ काठमाडौं आएपछि आशा भने जागेको उनले सुनाइन्।

‘समय धेरै पाइएन तर यहाँ भएको छोटो भेटघाट र हौसलाले आश जागेको छ। अबको पेसी हेरौं अनि फेरि काठमाडौं आएर गृहमन्त्री, कानुनमन्त्री र अरु मन्त्रीहरुकहाँ धाउन परे धाउँला।’

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्