• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भूकम्पमा पर्खालले पुरिएकी गीताको 'फुटपाथ कथा'

64x64
कल्पना घिमिरे बुधबार, भदौ २२, २०७९  ०८:२५
1140x725

काठमाडौं– सोमबार साँझ रत्नपार्क वरपर निकै भीड थियो। फुटपाथका व्यापारीहरु सामान फिँजाएर 'सस्तो सामान सस्तो' भन्दै चर्को स्वरले कराउँदै थिए। कोही रेकर्ड गरेर राखिएको अडियो बजाउँदै ग्राहक बोलाउँदै थिए। अर्कातिर 'पाँच सय रुपैयाँमा दुईवटा गुडिया' भन्दै ग्राहकलाई आफूतिर बोलाउँदै थिइन् दोलाखाकी गीता थापा। 

गीताले १६ वर्षदेखि काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएकी छन्। उनी दिउँसो ३ बजे सामान बोकेर सडकमा निस्किन्छिन्। सानो त्रिपाल फिँजाएर गुडिया, कपाल बाँध्ने रबरलगायतका सामान राख्छिन्। साँझ अध्यारो नहुन्जेलसम्म उनको व्यापार चल्छ। त्यसपछि उनी बाँकी रहेका सामान पोको पारेर डेरातिर लाग्छिन्। 

गीताको श्रीमान्‌को घरपट्टि विवाह गर्दा २ लाख ऋण लागेको थियो। घरमै बसेर ऋण तिर्न सक्ने अवस्था थिएन। त्यही ऋण तिर्न श्रीमान् श्रीमती २०६३ सालमा काठमाडौं छिरेका थिए। काठमाडौंको बागबजारमा कोठा गरेर बस्न थाले।  गीताले पहिला ठमेलको एक गार्मेन्टमा काम गरिन्। गार्मेन्टको मालिक गाउँकै चिनजानका मान्छे थिए। श्रीमान्‌ले पनि  बागबजारको एक संस्थामा सुरक्षागार्ड भएर काम गर्थे।

 ‘त्यो बेला मेरो २६ सय तलब थियो। निकै ठूलो हो नि २६ सय भनेको त्यतिबेला, सबै कुरा सस्तो थियो। यति महँगो थिएन।' उनले भनिन्, 'श्रीमान्‌को चाहिँ १० हजार थियो। त्यतिबेला कोठाभाडा पनि २ हजारमात्र थियो। ग्याँस, चामल पनि सस्तो थियो।’

समय बित्दै गयो। गीता केही समयपछि गर्भवती भइन्। काम गर्न नसक्ने अवस्था भएपछि उनले काम छाडिन्। पहिलो सन्तानको रुपमा छोरी जन्मिइन्। छोरी बिरामी भइरहन्थिन्। छोरीको उपचार गर्न पैसाको अभावमा समस्या हुन थाल्यो। छोरी जन्मेको १६ दिनमात्र भएको थियो। गीताले पुरानो बसपार्कमा केरा बेच्न थालिन्। श्रीमान्‌ले बिहानै बल्खु गएर होलसेलबाट केरा किनेर ल्याईदिन्थे।  कोक्रोमा नाबालिका छोरी बोकेर उनी केरा बेच्न जान्थिन्। उनले केरा बेचेर सरदर दैनिक ६ सय रुपैयाँसम्म कमाइ गर्थिन्।
 

केही वर्षको अन्तरालमा तीन छोराछोरी जन्मिए। अब यो दम्पतीलाई  झन् ठूलो जिम्मेवारी थपियो। उनीहरुको कमाइले घर खर्चमात्रै धान्न थाल्यो। त्यसबाहेक अरु खर्च गर्न सक्ने अवस्था थिएन।

त्यो कमाइले ऋण तिर्न नसक्ने अवस्था भएपछि श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गए। श्रीमान् वैदेशिक रोजगारमा गएपछि घर व्यवहारको जिम्मा उनी एक्लैको काँधमा आइलाग्यो। गीताले एक्लै बसपार्कमै केरा बेचिरहिन्। छोराछोरीलाई हुर्काइन्। पढाइन्। उनले श्रीमान्‌ आफूसँगै हुँदा जस्तो कमाइ गर्न त सकिनन्। तर पनि घर खर्च पुर्‍याउनु उनको बाध्यता थियो। 

बिहान सबेरै उठेर केरा किन्न बल्खुस्थित होलसेल बजार पुग्थिन्। छोराछोरी उठेका हुँदैन थिए। केरा लिएर हतार-हतार डेरा आउँथिन्। हतारमै खाना बनाएर छोराछोरीलाई खुवाएर विद्यालय पठाउन भ्याउँथिन्। कहिले त बच्चा उठेर रोईराखेका हुन्थे। 'पहिले श्रीमान् हुँदा पो उहाँले ल्याईदिनुहुन्थ्यो। म बेच्न मात्र जान्थेँ। सजिलो थियो,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरीनै व्यापार गरेर उनको गुजारा चल्दै थियो। यही व्यापारको कमाइले घरखर्च धानिएको थियो। उता श्रीमान्‌को कमाइले ऋण तिर्दै थिए। परिवार सुखी नै थियो। 

जसोतसो जीविकापार्जन चलिरहेको अवस्थामा दैवको नियती २०७२ बैशाख १२ गतेको भूकम्पले उनको जीवनमा अर्को धक्का दियो। त्यस दिन उनी रत्नपार्कस्थित बसपार्कको एक छेउमा बसेर केरा बेच्दै थिइन्। उनी बसेकै छेउको पर्खाल भत्कियो। पर्खाल भत्किँदा अरु १९ जनासहित उनी पनि पुरिइन्। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी मोडेल अस्पताल लगियो। उनको बायाँ खुट्टा र ढाडको एउटा हड्डी पनि भाँचिएको थियो। टाउकोमा समेत गहिरो चोट थियो। 

भूकम्पमा परेर गम्भीर घाइते भएको बेला उनीसँग साना नाबालक छोराछोरीहरु मात्रै थिए। श्रीमान् मलेसियामै थिए। उपचारका लागि आवश्यक खर्च श्रीमान्‌ले उतैबाट पठाइ दिए।

‘उपचारमा त्यस्तै दुई लाख जति खर्च लाग्यो। खुट्टामा स्टिल हाल्नु पर्‍यो। ढाडमा पनि स्टिल हाल्नु पर्‍यो। टाउकोमा १६ टाँका लगाउनु पर्‍यो ।' उनले भनिन्, 'कत्तिमान्छे भूकम्पमा परेर मरे। मलाई बाँच्न लेखेको रहेछ, धन्न बाँचेँ। म मरेको भए मेरा छोराछोरीको बिचल्ली हुन्थ्यो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले महिनौँसम्म काम गर्न सकिनन्। ओछ्यानमै थन्किनु पर्‍यो। उपचार खर्चमा लागेको पैसा चाहिँ पछि सरकारले राहत स्वरुप दियो। 

भूकम्पका चोटहरु निको भएपछि गीता फेरि बसपार्कमै केरा बेच्न फर्किइन्। तर, उपचारपछि उनले पहिले जस्तो तनदुरुस्त भएर काम गर्न सकिनन्। घाइते शरीरमै जसोतसो विस्तारै व्यापार गरिरहिन्।

यही क्रममा काठमाडौं महानगरले पुरानो बसपार्क हटायो। त्यहाँ अहिले गगनचुम्बी भ्यू टावर बन्दैछ। टावर बन्न लागेपछि उनी वीर अस्पताल नजिकैको फुटपाथ सरिन्। अहिले उनी त्यहाँ केही समय फलफूल बेच्छिन्। कोरोनाकालमा उनले फलफूल बेच्न छाडिन्। त्यसपछि उनले रत्नपार्कको फुटपाथमा गुडिया र कपाल बाँध्ने रब्बरलगायतका सामान बेच्न थालिन्।

‘भारी बोक्ने काम गर्न सक्दिनँ। खुट्टा भाँचिएको छ। ढाडले पनि बोक्न मिल्दैन। केही त गरेर खानै पर्‍यो। त्यही भएर फुटपाथमै भएपनि व्यापार गर्दै आएकी हुँ।’ उनले आफ्नो बाध्यता सुनाइन्।

गुडिया र रबर बालाजुको होलसेल पसलबाट ल्याउछिन्। अहिले यही सामान बेचेर गीताले दिनमा ३ देखि सात सय रुपैयाँसम्म कमाइ गर्छिन्। त्यही कमाइले उनले तीनै जना छोराछोरीलाई पढाउँदै आएकी छन्। कोठाभाडा मासिक १० हजार बुझाउँछिन्। अहिले उनका श्रीमान्‌ नेपाल आइसकेका छन्। बेलाबेला श्रीमानले पनि व्यापारमा सहयोग गर्छन्।विवाह गर्दाको ऋण पनि तिरिसकेको छ यो दम्पत्तीले। तर पनि दु:खका दिन उस्तै छन्। फेरि उनको जीवनमा अर्को आपत आइपरेको छ। कारण उनले व्यापार गर्दै आइरहेको फुटपाथमा काठमाडौं महानगरले व्यापार गर्न रोक लगाएको छ। फुटपाथले धानेको उनको परिवार र जीवन यतिबेला अफ्ठ्यारोमा परेको छ। बिहान - बेलुकी हात मुख कसरी जोर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ। 

‘अहिले सटरमा व्यापार गर्नुपर्छ, फुटपाथमा गर्नहुँदैन भन्छन् काठमाडौंका मेयर बालेनले। हुन त यो राम्रो नै हो। तर हामी जस्ता गरिबले कसरी सटर लिन सक्ने? अहिले कमाएर भरै खानु पर्छ, हामी जस्ता भुइँमान्छेले कसरी सटर लिएर व्यापार गर्ने?’ उनले गुनासो सुनाइन्।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्