• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भूकम्पमा पर्खालले पुरिएकी गीताको 'फुटपाथ कथा'

64x64
कल्पना घिमिरे बुधबार, भदौ २२, २०७९  ०८:२५
1140x725

काठमाडौं– सोमबार साँझ रत्नपार्क वरपर निकै भीड थियो। फुटपाथका व्यापारीहरु सामान फिँजाएर 'सस्तो सामान सस्तो' भन्दै चर्को स्वरले कराउँदै थिए। कोही रेकर्ड गरेर राखिएको अडियो बजाउँदै ग्राहक बोलाउँदै थिए। अर्कातिर 'पाँच सय रुपैयाँमा दुईवटा गुडिया' भन्दै ग्राहकलाई आफूतिर बोलाउँदै थिइन् दोलाखाकी गीता थापा। 

गीताले १६ वर्षदेखि काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएकी छन्। उनी दिउँसो ३ बजे सामान बोकेर सडकमा निस्किन्छिन्। सानो त्रिपाल फिँजाएर गुडिया, कपाल बाँध्ने रबरलगायतका सामान राख्छिन्। साँझ अध्यारो नहुन्जेलसम्म उनको व्यापार चल्छ। त्यसपछि उनी बाँकी रहेका सामान पोको पारेर डेरातिर लाग्छिन्। 

गीताको श्रीमान्‌को घरपट्टि विवाह गर्दा २ लाख ऋण लागेको थियो। घरमै बसेर ऋण तिर्न सक्ने अवस्था थिएन। त्यही ऋण तिर्न श्रीमान् श्रीमती २०६३ सालमा काठमाडौं छिरेका थिए। काठमाडौंको बागबजारमा कोठा गरेर बस्न थाले।  गीताले पहिला ठमेलको एक गार्मेन्टमा काम गरिन्। गार्मेन्टको मालिक गाउँकै चिनजानका मान्छे थिए। श्रीमान्‌ले पनि  बागबजारको एक संस्थामा सुरक्षागार्ड भएर काम गर्थे।

 ‘त्यो बेला मेरो २६ सय तलब थियो। निकै ठूलो हो नि २६ सय भनेको त्यतिबेला, सबै कुरा सस्तो थियो। यति महँगो थिएन।' उनले भनिन्, 'श्रीमान्‌को चाहिँ १० हजार थियो। त्यतिबेला कोठाभाडा पनि २ हजारमात्र थियो। ग्याँस, चामल पनि सस्तो थियो।’

समय बित्दै गयो। गीता केही समयपछि गर्भवती भइन्। काम गर्न नसक्ने अवस्था भएपछि उनले काम छाडिन्। पहिलो सन्तानको रुपमा छोरी जन्मिइन्। छोरी बिरामी भइरहन्थिन्। छोरीको उपचार गर्न पैसाको अभावमा समस्या हुन थाल्यो। छोरी जन्मेको १६ दिनमात्र भएको थियो। गीताले पुरानो बसपार्कमा केरा बेच्न थालिन्। श्रीमान्‌ले बिहानै बल्खु गएर होलसेलबाट केरा किनेर ल्याईदिन्थे।  कोक्रोमा नाबालिका छोरी बोकेर उनी केरा बेच्न जान्थिन्। उनले केरा बेचेर सरदर दैनिक ६ सय रुपैयाँसम्म कमाइ गर्थिन्।
 

केही वर्षको अन्तरालमा तीन छोराछोरी जन्मिए। अब यो दम्पतीलाई  झन् ठूलो जिम्मेवारी थपियो। उनीहरुको कमाइले घर खर्चमात्रै धान्न थाल्यो। त्यसबाहेक अरु खर्च गर्न सक्ने अवस्था थिएन।

त्यो कमाइले ऋण तिर्न नसक्ने अवस्था भएपछि श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गए। श्रीमान् वैदेशिक रोजगारमा गएपछि घर व्यवहारको जिम्मा उनी एक्लैको काँधमा आइलाग्यो। गीताले एक्लै बसपार्कमै केरा बेचिरहिन्। छोराछोरीलाई हुर्काइन्। पढाइन्। उनले श्रीमान्‌ आफूसँगै हुँदा जस्तो कमाइ गर्न त सकिनन्। तर पनि घर खर्च पुर्‍याउनु उनको बाध्यता थियो। 

बिहान सबेरै उठेर केरा किन्न बल्खुस्थित होलसेल बजार पुग्थिन्। छोराछोरी उठेका हुँदैन थिए। केरा लिएर हतार-हतार डेरा आउँथिन्। हतारमै खाना बनाएर छोराछोरीलाई खुवाएर विद्यालय पठाउन भ्याउँथिन्। कहिले त बच्चा उठेर रोईराखेका हुन्थे। 'पहिले श्रीमान् हुँदा पो उहाँले ल्याईदिनुहुन्थ्यो। म बेच्न मात्र जान्थेँ। सजिलो थियो,’ उनले भनिन्।

Ncell 2
Ncell 2

यसरीनै व्यापार गरेर उनको गुजारा चल्दै थियो। यही व्यापारको कमाइले घरखर्च धानिएको थियो। उता श्रीमान्‌को कमाइले ऋण तिर्दै थिए। परिवार सुखी नै थियो। 

जसोतसो जीविकापार्जन चलिरहेको अवस्थामा दैवको नियती २०७२ बैशाख १२ गतेको भूकम्पले उनको जीवनमा अर्को धक्का दियो। त्यस दिन उनी रत्नपार्कस्थित बसपार्कको एक छेउमा बसेर केरा बेच्दै थिइन्। उनी बसेकै छेउको पर्खाल भत्कियो। पर्खाल भत्किँदा अरु १९ जनासहित उनी पनि पुरिइन्। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी मोडेल अस्पताल लगियो। उनको बायाँ खुट्टा र ढाडको एउटा हड्डी पनि भाँचिएको थियो। टाउकोमा समेत गहिरो चोट थियो। 

भूकम्पमा परेर गम्भीर घाइते भएको बेला उनीसँग साना नाबालक छोराछोरीहरु मात्रै थिए। श्रीमान् मलेसियामै थिए। उपचारका लागि आवश्यक खर्च श्रीमान्‌ले उतैबाट पठाइ दिए।

‘उपचारमा त्यस्तै दुई लाख जति खर्च लाग्यो। खुट्टामा स्टिल हाल्नु पर्‍यो। ढाडमा पनि स्टिल हाल्नु पर्‍यो। टाउकोमा १६ टाँका लगाउनु पर्‍यो ।' उनले भनिन्, 'कत्तिमान्छे भूकम्पमा परेर मरे। मलाई बाँच्न लेखेको रहेछ, धन्न बाँचेँ। म मरेको भए मेरा छोराछोरीको बिचल्ली हुन्थ्यो।’ 

उनले महिनौँसम्म काम गर्न सकिनन्। ओछ्यानमै थन्किनु पर्‍यो। उपचार खर्चमा लागेको पैसा चाहिँ पछि सरकारले राहत स्वरुप दियो। 

भूकम्पका चोटहरु निको भएपछि गीता फेरि बसपार्कमै केरा बेच्न फर्किइन्। तर, उपचारपछि उनले पहिले जस्तो तनदुरुस्त भएर काम गर्न सकिनन्। घाइते शरीरमै जसोतसो विस्तारै व्यापार गरिरहिन्।

यही क्रममा काठमाडौं महानगरले पुरानो बसपार्क हटायो। त्यहाँ अहिले गगनचुम्बी भ्यू टावर बन्दैछ। टावर बन्न लागेपछि उनी वीर अस्पताल नजिकैको फुटपाथ सरिन्। अहिले उनी त्यहाँ केही समय फलफूल बेच्छिन्। कोरोनाकालमा उनले फलफूल बेच्न छाडिन्। त्यसपछि उनले रत्नपार्कको फुटपाथमा गुडिया र कपाल बाँध्ने रब्बरलगायतका सामान बेच्न थालिन्।

‘भारी बोक्ने काम गर्न सक्दिनँ। खुट्टा भाँचिएको छ। ढाडले पनि बोक्न मिल्दैन। केही त गरेर खानै पर्‍यो। त्यही भएर फुटपाथमै भएपनि व्यापार गर्दै आएकी हुँ।’ उनले आफ्नो बाध्यता सुनाइन्।

गुडिया र रबर बालाजुको होलसेल पसलबाट ल्याउछिन्। अहिले यही सामान बेचेर गीताले दिनमा ३ देखि सात सय रुपैयाँसम्म कमाइ गर्छिन्। त्यही कमाइले उनले तीनै जना छोराछोरीलाई पढाउँदै आएकी छन्। कोठाभाडा मासिक १० हजार बुझाउँछिन्। अहिले उनका श्रीमान्‌ नेपाल आइसकेका छन्। बेलाबेला श्रीमानले पनि व्यापारमा सहयोग गर्छन्।विवाह गर्दाको ऋण पनि तिरिसकेको छ यो दम्पत्तीले। तर पनि दु:खका दिन उस्तै छन्। फेरि उनको जीवनमा अर्को आपत आइपरेको छ। कारण उनले व्यापार गर्दै आइरहेको फुटपाथमा काठमाडौं महानगरले व्यापार गर्न रोक लगाएको छ। फुटपाथले धानेको उनको परिवार र जीवन यतिबेला अफ्ठ्यारोमा परेको छ। बिहान - बेलुकी हात मुख कसरी जोर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ। 

‘अहिले सटरमा व्यापार गर्नुपर्छ, फुटपाथमा गर्नहुँदैन भन्छन् काठमाडौंका मेयर बालेनले। हुन त यो राम्रो नै हो। तर हामी जस्ता गरिबले कसरी सटर लिन सक्ने? अहिले कमाएर भरै खानु पर्छ, हामी जस्ता भुइँमान्छेले कसरी सटर लिएर व्यापार गर्ने?’ उनले गुनासो सुनाइन्।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्