काठमाडौं– भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको छ।
‘फन पार्कले हामीलाई बुझाउनु पर्ने शुल्क आज बुझाएको छ’ उनले भने ‘फन पार्कले समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको जनाएको छ।’
बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन पत्र काटेको थियो।
महानगरले तोकिएको समयभित्र नबुझाएमा फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुलउपर गरिने उक्त पत्रमा जनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।