काठमाडौं– सात सय ७० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छन्।
विमानस्थल सुरक्षा कार्यालयले भक्तपुर नगरपालिका–८ की ५६ वर्षीया कविता श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठले डाइपरमा लुकाएर सुन तस्करी गरेको पाइएको छ। उनले सुनलाई अर्धठोस बनाएर डाइपरमा राखेर ल्याएकी थिइन्।
उनी फ्लाई दुबईको उडानमार्फत बिहिबार काठमाडौं आएकी थिइन्। पक्राउ परेकी श्रेष्ठलाई सुनसहित थप अनुसन्धान र कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।