काठमाडौं– अन्तर्राष्ट्रिय मुवाथाइ महासंघको आयोजनामा मलेसियाको क्वालालम्पुरमा गत सोमबार सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवाथाइ प्रतियोगितमा प्राप्ती बतासले कास्य पदक जितेकी छन्।
विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाएकी प्राप्तीले १२ देखि १४ वर्षसम्मको उमेर समूहको ५१ केजी तौल समूहमा कास्य पदक हात पारेकी हुन्।
यस क्रममा उनले चार बाउटमा जित हात पारेकी थिइन्। साथै, उनले ग्रान्डस्लाम इभेन्टमा पनि रजत पदक जितेको नेपाल मुवाथाई एसोशिएसनका महासचिव सुदीप पण्डित क्षेत्रीले बताए।
प्रतियोगिता १४ देखि २१ अगस्टसम्म भएको थियो। इन्टरनेसनल फेडेरसन अफ मुवाथाइ एसोशिएसनले सन् २०२० मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्धता प्राप्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।