सुनसरी– भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।
बिहीबार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।