• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

महङ्गीको मार: गरिखानेले कसरी जोड्ने हातमुख?

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ १०, २०७९  १५:३६
1140x725

काठमाडौं– सिन्धुलीकी २२ वर्षीय चण्डिका मगर टेम्पो चालक हुन्। उनले रत्नपार्कदेखि सिनामंगल सम्मको रुटमा टेम्पो चलाउँछिन्।  गाउँकै कलेजमा कक्षा ११ सम्म अध्ययन गरिन्। त्यसपछि उनलाई विदेश जाने रहर जाग्यो। बीचैमा पढाइ छाडेर ओमान जाने तयारी गरिन्। सबै प्रक्रिया पूरा भएको थियो। त्यतिबेलै उनका हजुरबाको मृत्यु भयो। 

हजुरबा बितेपछि उनको विदेश जाने सपना तुहियो। चण्डिका घरमै काम गरेर बसिन्। केही समयपछि फेरि विदेश जाने तयारीस्वरुप उनी काठमाडौं आइन्। तर, अहिले उनी वैदेशिक रोजगारीको इच्छालाई थाती राखेर काठमाडौंमा टेम्पो चलाइरहेकी छन्। दिदी–भिनाजुको सल्लाहअनुसार चण्डिकाले टेम्पो चलाउन सिकेकी हुन्। उनले टेम्पो चलाउन थालेको ४ वर्ष भइसकेको छ। उनी अहिले आफ्नै टेम्पो चलाउँछिन्। मालिक पनि आफैँ, चालक पनि आफैँ।  ‘सहकारीबाट ऋण लिएर ८ लाख रुपैयाँमा किनेको टेम्पोको किस्ता चुक्ता गर्न अझै आधा बाँकी छ,’ उनले भनिन्।

टेम्पो चलाएको ९ दिन मात्र भएको थियो। नेपालमा कोभिड–१९को पहिलो लहर आयो। टेम्पो किन्नेबित्तिकै लकडाउन भयो। उनी ठूलो समस्यामा परिन्। त्यही ९ दिनको कमाइले घर धानिन् उनले। ‘ऋणको किस्ता तिर्नु पर्ने पहिलो कमाइ खाएर सकियो।’ उनले भनिन्, ‘त्यसले पनि नपुगेर दिदीभिनाजुको सहयोग मागेँ।’ 

लकडाउन सकिएपछि उनले फेरि टेम्पो चलाउन थालिन्। दैनिक ८ टिप गर्न भ्याउँथिन्। एक टिपमा ११ जना यात्रु टेम्पुमा अटाउँछन्। रत्नपार्कदेखि सिनामंगलसम्मको यात्रुको भाडा २५ रुपैयाँ छ। यात्रु धेरै भएको दिन राम्रै कमाइ गर्छिन्। तर सधैँ यस्तो हुँदैन। कहिलेकाहीँ रित्तै पनि गुड्नु पर्ने हुन्छ।

आफ्नै टेम्पो, आफैँ चालक भएपनि उनको कमाइ ऋण तिर्न र दैनिक जीविकोपार्जनमै ठिक्क छ। ‘टेम्पो चलाएर कमाएको पैसा किस्ता तिर्दै ठिक्क छ। खानु पर्‍यो। लाउनु पर्‍यो। यस्तो महँगी छ,’ उनले भनिन्। 

सामान्य खानपानमा उनको दैनिकी गुज्रने गरेको छ। तर पनि महंगीकै कारण पैसा बचत गर्न नसकेको उनको गुनासो छ। ‘महँगी छ। माछा मासु कहिलेकाहीँ चाडपर्वमा खान्छु। व्यापारीहरुले मनपरी मूल्य तोक्छन्। हामी भने मर्कामा छौँ,’ उनले भनिन्, ‘विदेश गएर पैसा कमाउने ठूलो सपना थियो। टेम्पो चलाउन थालेपछि नेपालमै पनि केही गर्न सकिन्छ कि भन्ने आशा पलायो। तर, महंगीले गर्दा सोचेजस्तो हुन सकेको छैन।’ 

सिरहाका ५२ वर्षीय महेन नारायण राम २०५१ साल देखिनै काठमाडौंका फुटपाथमा जुत्ता सिलाउने तथा पोलिस गर्ने काम गर्दै आएका छन्। उनी आजकल धरहरा नजिकैको फुटपाथमा जुत्ता चप्पल सिलाउने तथा पोलिस गर्ने गर्छन्। जुत्ताको लेस, सोल फेर्ने, जुत्ता पोलिस गर्ने ब्रस गर्ने काम गर्छन् उनी। 

बिहान सबेरै खाना पकाएर खान्छन्। आठ बजेपछि धरहराको नजिक पुग्छन्। दिनभरी ग्राहकको पर्खाइमा बस्छन्। जति ग्राहक आउँछन् उती उनको कमाइ हुन्छ। कहिलेकाहीँ रित्तै हात साँझ डेरा फर्किनुपर्ने उनी बताउँछन्। ‘काम हुँदा दिनमा २/३ सय रुपैयाँ कमाइ हुन्छ। महिनामा ६ हजार घरमा पठाउँछु। कोठाभाडा पनि ६ हजार बुजाउँछु,’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो समय कमाइभन्दा महँगी बढेर गएको उनी बताउँछन्। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मर्कामा परेको उनले बताए। दैनिक एक छाक टार्नसमेत धौधौ भएको उनको भनाइ छ। ‘माछामासु त त्यस्तै हो। आलुको चट्नी र भात खान्छु,’ उनले भने, ‘तराईमा घर त छ, तर ऐलानी जग्गामा छ। खेतीपाती गर्न जमिन छैन। आफ्नो जग्गा नहुँदा गरिखाने ठाउँ नभएपछि काठमाडौं आएको हुँ।’

सुन्धारामा (धरहरा नजिकै) चिया बेच्दै आएकी लक्ष्मी धिमाल ४ वर्ष पहिले बबरमहलमा चटपटे बेच्थिन्। चटपटेबाट कमाइ गरेर खान नपुग्ने भएपछि चिया बेच्न थालिन्। अहिले चिया बेचेर पनि खान लाउन धौधौ परेको उनी बताउँछिन्। ‘चिया बेचेर दिनमा ४०० रुपैयाँ जति कमाइ हुन्छ। यस्तो महँगी छ। कसरी घरखर्च पुर्याउने? छोरालाई कलेज पढाउनु पर्‍यो। तरकारी महँगो छ। जुन तरकारी सस्तो पाइन्छ त्यहीँ किनेर खान्छौँ,’ उनले भनिन्।

दोलखाका नाम परिवर्तित श्यामबहादुर नेपाली विगत १४ वर्षदेखि न्यूरोडका पसलहरुमा भारी बोक्ने काम गर्छन्। उनी न्यूरोडमै डेरा गरेर बस्छन्। उनी दिनभरी नै भारी बोक्ने काम गर्छन्। उनको उक्त कमाइले ५ जनाको परिवारलाई पनि धान्नु पर्छ। 

‘राम्रो काम पाइयोभने दैनिक १५ सय रुपैयाँसम्म कमाइ हुन्छ। छोराछोरी पढाउनु पर्‍यो। डेराभाडा ८ हजार छ। सुख, दुःख गरेर खाइएको छ। महँगीले गर्दा कहिलेकाहीँ दालभातले मात्रै छाक टार्नु पर्छ,’ उनले भने।

महँगीका बेला सरकारले भने बेवास्ता गरेको भन्ने उनको गुनासो छ। उनी भन्छन्, ‘महँगीको मारमा हामी गरिब दुखी नै पर्छौं। यसबारे सरकारलाई कुनै मतलब छैन। १० रुपैयाँ मूल्यवृद्धि हुँदा घट्ने बेलामा एक–दुई रुपैयाँ मात्रै घट्छ। महँगीले धनीलाई केही असर गर्दैन। हामी गरिब जनता त हो मर्ने भनेको।’ 

तरकारीमा ठगिँदै उपभोक्ता, छैन बजार अनुगमन 
कालीमाटी तरकारी बजारमा प्रतिकेजी २५० रुपैयाँ थोक मूल्य पर्ने ‘कन्य’ च्याउ कलंकीका पसलमा पुग्दा ५०० रुपैयाँ पर्ने गरेको पाइएको छ। त्यस्तै कालीमाटीमा ४० रुपैयाँ प्रतिकिलो पर्ने करेला रविभवन पुग्दा १२० रुपैयाँमा बिक्री भएको पाइयो। 

कलंकी बस्ने धादिङकी सीता तामाङ अघिल्लो वर्ष ३० रुपैयाँ मुठा आउने रायोको साग यो वर्ष ५० रुपैयाँ पर्न थालेको बताउँछिन्।

‘सानै मुठा भए पनि ३० रुपैयाँमा त पाइन्थ्यो नि। अहिले त ५० घटी आउँदैन। अरु तरकारी एक किलो सय रुपैयाँमा आउँदैन। झन् च्याउ त एक पाउकै सय रे।’ उनले महँगीको पीडा सुनाइन्। 

रविभवन बस्ने सिन्धुपाल्चोककी हिरा सापकोटा पनि अहिले तरकारीको भाउ आकासिएको बताउँछिन्।  तरकारी महँगो हुँदा चना केराउ किन्छिन्। चना प्रतिकेजी एक सय ४० रुपैयाँ र केराउ एक सय ६० रुपैयाँ पुगेको बताउँदै उनले चना, केराउ भिजाएर तरकारी पकाउँने गरेको बताइन्।

‘तरकारी महँगो छ। सय रुपैयाँको तरकारी किन्दा एक छाकमात्रै पुग्छ। बरु गेडागुडी महँगै भएपनि  तीन जनाको परिवारलाई दुई केजी किन्दा ५ दिनलाई पुग्छ,’ उनले भनिन्।

दुई महिनामै अकासियो तरकारीको भाउ
पछिल्लो केही साताको अन्तरालमा तरकारीको भाउ अचाक्ली महङ्गिएको छ। गत असार ८ गते कालिमाटी तरकारी बजारमा रातो आलुको थोक ब्रिक्री मूल्य प्रतिकेजी अधिकतम ४८ रुपैयाँ थियो। कुरिलो प्रतिकेजी २५० रुपैयाँ थियो। ठूलो गोलभेडा अधिकतम ४० रुपैयाँ थियो। त्यस्तै, च्याउ ‘कन्य’ प्रतिकेजी अधिकतम ३०० रुपैयाँ रहेको थियो। हरियो धनिया प्रतिकेजी अधिकतम ६० रुपैयाँ थियो। प्याज सुकेको प्रतिकेजी अधिकतम मूल्य ४० रुपैयाँ थियो। स्थानीय काउली प्रतिकेजी अधिकतम ७० रुपैयाँ थियो।  

बुधबार कालिमाटी तरकारी बजारमा तरकारीको मूल्य थप महङ्गिएको छ। यसदिन, रातो आलुको थोक मूल्य प्रतिकेजी अधिकतम ६२ रुपैयाँ पुगेको छ। त्यस्तै कुरिलो प्रतिकेजी अधिकतम ५०० रुपैयाँ, ठूलो गोलभेडा प्रतिकेजी अधिकतम ६० रुपैयाँ पुगेको छ। च्याउ कन्य प्रतिकेजी अधिकतम २५० रुपैयाँ, प्याज प्रतिकेजी अधिकतम ४० रुपैयाँ छ। हरियो धनिया प्रतिकेजी अधिकतम ४५० रुपैयाँ छ। काउली स्थानीय प्रतिकेजी अधिकतम एक सय रुपैयाँ छ।

कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीको भाउ बढ्नु कुनै अनौठो नभएको बताए।  ‘मौसम परिवर्तन भएसँगै तरकारीको भाउ पनि परिवर्तन भइरहन्छ। नेपालमा तरकारी खेती सीमित रुपमा मात्रै हुन्छ। अहिले नेपालमा आलु, प्याजको सिजन होइन। यी वस्तु भारतबाट आयात हुने भएकाले पनि यसमा महँगी बढेको हो।’ उनले भने, ‘अहिले चाडपर्वको बेला धनिया, प्याज, आलु जस्ता तरकारीको खपत बढी हुन्छ। यी तरकारीको माग धेरै छ तर सीमित उत्पादन छ। वस्तुभन्दा माग बढी भएपछि मूल्य बढ्छ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गाडी भाडामा ठगी
दैनिक उपभोग्य वस्तु तथा तरकारीका साथै सार्वजनिक यातायातको भाडा वृद्धिले पनि सर्वसाधारण मर्कामा परेका छन्। महँगो गाडी भाडाको चेपुवामा परेका यात्रु सवारी चालक तथा सहचालकबाट ठगिने घटनाहरु पनि बढ्दै गएका छन्।

कालीमाटी बस्दै आएकी सीता बोगटी अनामनगरस्थित एक बोइज होस्टलमा काम गर्छिन्। दैनिक उनी काखे छोरी च्याप्दै कालिमाटी–अनामनगर धाउँछिन्। त्यसका लागि सार्वजनिक यातायात चढ्नु उनको बाध्यता हो। केही महिना अगाडिसम्म कालिमाटीदेखि बिजुली बजारसम्म १५ रुपैयाँ गाडी भाडा तिर्दै आएकी उनलाई अहिलेको नयाँ गाडी भाडा कति हो भन्ने यकिन थाहा छैन। उनी भन्छिन्, ‘पहिले १५ रुपैयाँ लिन्थे, अहिले कुनै गाडीले २० रुपैयाँ लिन्छन् त कुनैले २५ रुपैयाँ लिन्छन्।’ गाडी भाडा बढ्दा तलब जति त्यसैमा ठिक्क हुने गरेको उनको गुनासो छ।

धादिङकी भवानी कुँवर चाबहिलको एक सहकारी संस्थामा काम गर्छिन्। उनी बिहान क्याम्पस र दिउँसो अफिस जान्छिन्। सहकारीमा काम गरेवापत उनले मासिक १५ हजार कमाउँछिन्। उनी आँफैले कमाएको पैसाले कलेजको शुल्क र कोठा भाडा बुझाउँछिन्। उनले कलेज शुल्कवापत वर्षमा २८ हजार रुपैयाँ तिर्नुपर्छ।  कोठा भाडा तीन हजार रुपैयाँ  बुझाउँछिन्। उनलाई पनि अफिस जाँदा आउँदा बस तथा माइक्रो बसले मनपरी भाडा लिएको तीतो गुनासो सुनाइन्।

‘कुनै बसले बढी भाडा लिन्छ, कुनैले कम लिन्छ। जतिवटा गाडी उती थरी भाडा लिन्छन्। कलंकीदेखि गोङ्गबुसम्मको भाडा ३० रुपैयाँ हो। तर कुनै बसले ३५ रुपैयाँ लिन्छन्।’ उनले भनिन्, ‘मेरो कलेजको आईडी कार्ड छ तर पनि २५ रुपैया लिन खोज्छन्। त्यसैले २० रुपैयाँ ठिक्क पारेर बोक्छु। ५० वा सयको नोट दियो भने त २५ रुपैयाँ नै कटाउँछन्।’


यो श्रृङ्खलाका थप सामग्रीहरु:

कहालीलाग्दो महङ्गी: छाक टार्ने कि आङ ढाक्ने?

सरकारकै नीतिका कारण मूल्यवृद्धि, घटाउने पहल नै भएन
 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १५:३६
  • #महङ्गीको मार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्