• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारकै नीतिका कारण मूल्यवृद्धि, घटाउने पहल नै भएन

पृथ्वीराज लिगल  शुक्रबार, भदौ १०, २०७९  १३:४७
1140x725

पछिल्लो समय मूल्यवृद्धिको मारमा आम मानिसहरू एकदमै परेका छन्। तथ्याङ्क नै हेर्ने हो भने लगभग डवल डिजिट (दोहोरो अंक) मा मूल्यवृद्धि भएको देखिन्छ। 

अहिले नेपालमा मात्रै हैन विश्वभरि नै मूल्यवृद्धिको मारमा मानिसहरू परिरहेका छन्। ब्रिटेनको सेन्ट्रल बैंकले त १८ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने अनुमान गरेको छ। बेलायती अधिकारीहरु इतिहासमा नै धेरै वर्षपछि यसरी मूल्यवृद्धि हुन लागेको भनेर चिन्तित छन्।

अमेरिकामा ९ प्रतिशत भन्दा धरै मूल्यवृद्धि भएको थियो। त्यो अहिले बिस्तारै कम हुँदै गएको छ। त्यहाँ पनि दोहोरो अंकमा वृद्धि होला भनेर डराएको सरकार मूल्यवृद्धि साढे ८ प्रतिशत मात्रै बढ्यो भनेर खुसी मनाएको अवस्था रहेको छ।

रसिया, भारत जस्ता देशहरूले खाद्यान्न निर्यात बन्द गरेपछि मानिसहरूले खाद्यान्नको मूल्य अत्यधिक मात्रामा वृद्धि हुने प्रक्षेपण गरेका थिए। तर खाद्यान्नको मूल्य त्यसरी वृद्धि नहुनु हाम्रो लागि सुखद् कुरा हो। अहिले युक्रेनले खाद्यान्न निर्यात गर्नको लागि दिने भने पछि मूल्यवृद्धिमा कमी आएको मान्न सकिन्छ। तर त्यहाँ कुन बेला युद्ध सुरु हुन्छ र फेरि खाद्यान्न निर्यात गर्नको लागि रोक लाग्छ भन्ने ठेगान छैन। त्यसैले विश्व नै अन्योलको वातावरणमा छ। तर कुरा जे भए पनि मूल्यवृद्धिको मारमा मानिसहरू परेको कुरालाई हामीले नकार्नु हुँदैन। पछिल्लो समय विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको छ। वस्तु र सेवाको माग कम भयो भने मूल्यवृद्धि कम हुन्छ भनेर त्यसो गरेको हो। 

अब कुरा गरौँ नेपालको, नेपालमा पनि मूल्यवृद्धि झन्डै दुई अंकमा भएको थियो। ९ प्रतिशत भन्दा धेरै सामानको मूल्य बढेपछि आम मानिसहरू मारमा परेका छन्। नेपालमा पनि दोहोरो अंकमा मूल्यवृद्धि हुन्छ भन्ने डरमा राष्ट्र बैंकले ब्याजदर  बढाएको छ। ढिलो चाँडो मुद्रास्फीति हुने देखिन्छ। 

बैंकहरूले ब्याजदर बढाउनुको मुख्य कारण ‘मनी सप्लाइ’ कम होस भनेर हो। ब्याजदर बढेपछि सामानको माग कम हुन्छ र मूल्यवृद्धि कम हुन्छ भनेर यस्तो नीति लिइएको होला। 

नेपालमा मूल्यको अवस्था हेर्ने हो भने खाद्यान्न, पेट्रोलियम पदार्थ, गाडीभाडा आदि बढेको हो। त्यसैले अन्य देशमा जस्तै नेपालमा पनि पैसाको माग कम गर्ने नीति लिएको देखिन्छ। अझ बैंकले ऋण दिन कम गर्ने नीति लिएको पनि देखिन्छ। तर यसो गरेर मात्रै मूल्यवृद्धि कम हुन्छ भन्ने हुँदैन भन्ने एकथरी मानिसहरूको भनाइ पनि छ। अन्य देशमा पनि यस्तै भएको देखिन्छ। 

मूल्यवृद्धिलाई सघाउने मौद्रिक नीति
हामीकहाँ मौद्रिक नीति भने विपरीत प्रकारको आएको छ। मूल्यवृद्धिलाई सघाउने खालको आएको छ। वित्तीय नीति राजस्वभन्दा खर्च बढाउने खालको आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षको लागि आएको बजेट पनि खर्च बढाउने खालकै छ। बजेटले कर्मचारीको तलब बढाएको छ। वृद्धभत्ताको समय पनि कम गरेको छ। यस्ता अनेक प्रकारका शीर्षकमा पैसा बाँडने कार्यक्रमले खर्च मात्रै बढाउने देखिएको छ। अहिलेको सन्दर्भमा यस्तो पैसा छर्ने प्रकारको बजेट आवश्यक थिएन।

मूल्य बढेको अवस्थामा तलब बढाउने, वृद्धभत्ता दिने उमेर घटाउने समय नै हैन। अहिले त संकुचनकारी वित्तीय नीति आउनु पर्ने हो। तर, त्यसको उल्टो विस्तारकारी वित्तीय नीति आयो। त्यसैले अहिलेको राष्ट्र बैंकको मौद्रिक नीति र बजेटमा तादम्यता मिलेको छैन। दुवै कुरा एकै प्रकारको आएको भए मूल्यवृद्धि नियन्त्रण गर्न सहज हुन्थ्यो। तर बजेट विस्तारकारी वा पैसा बांड्ने खालको आएकाले सामानको मूल्य बढ्नु सामान्य जस्तो भएको छ। 

अर्को कुरा यो वर्ष खर्च घटाउन भन्दा पनि चुनावका कारण खर्च बढ्ने देखिन्छ। त्यसै पनि चुनावको समयमा नचाहिँदो खर्च हुने गरेको छ। त्यसै कारण अहिले मूल्यवृद्धि नियन्त्रण होला भन्ने कुरामा आशा राख्न सकिँदैन।

अर्को कुरा मौद्रिक नीतिमा ऋणको नियमका कारण बैंकहरु थप ऋण दिन सक्ने अवस्थामा छैनन्। अहिले कर्जाको सीमाभन्दा माथि गएको भनेर ३ वटा बैंकको नाम नै मिडियाहरुमा आएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंकहरु ऋण दिन नसक्ने अवस्था भएपछि उत्पादनमा कमी आउँछ। यसले आर्थिक क्रियाकलापमा कमी आउने भयो। र विकासको गति कम हुन्छ। यो दुवैमा 'पलिसी' समान रुपमा हुनु पर्ने हो। 

अहिले राष्ट्र बैंक एकातिर मुन्टो बटारेर बसेको छ भने अर्थ मन्त्रालय अर्कोतर्फ फर्किएर बसेको छ। यो दुईको बीचमा मेल खाएको छैन। यी दुई निकाय बीचको विवादका कारण नेपालको समग्र अर्थतन्त्रले मार खेप्नु परेको छ। यो देशको लागि दुर्भाग्य हो। 

यी दुईको कुरा मिल्दैन भने अर्थमन्त्री वा गभर्नरले राजीनामा गर्नु पर्थ्यो। अहिले दुवैलाई राखेर काम भएको छैन। उनीहरुबीच नै बोलचाल नभएको अवस्था रहेको छ। दुवै जनाले ल्याएको नीतिमा संयोजन छैन। त्यसैले माथिल्लो तह (प्रधानमन्त्रीको तह) बाट नै यसको लागि पहल हुनु पर्ने हो। 

अब त सबै चुनाव केन्द्रित भएर लागेका छन्। नेताहरु  गठबन्धन र के–के भन्नमा नै व्यस्त छन्। देशको आर्थिक स्थितिको बारेमा कुनै चासो देखिएको छैन।  यसको नकारात्मक असर अर्थतन्त्रले भोग्नु परेको छ। 

सरकारलाई मूल्यवृद्धिको बारेमा जानकारी नभएको हैन। तर उसले मूल्यवृद्धि नियन्त्रणको लागि केही भूमिका नै खेलेको छैन। माथि भनेको जस्तै मुख्य दुई निकायका नेतृत्वकर्ताहरु दुईतिर मुन्टो फर्काएर बसेका छन्। न बजार अनुगमन भएको देखिन्छ। सरकारले मूल्य बढाउने उपाय मात्रै लगाएको छ।

मूल्य घटाउनको लागि राष्ट्र बैंकले चालेको कदम पनि त्यति प्रभावकारी होला भनेर विश्वास गर्ने ठाउँ छैन। 

(राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लिगलसँग गरिएको कुराकानीमा आधारित)


यो श्रृङ्खलाका थप सामग्रीहरु:

कहालीलाग्दो महङ्गी: छाक टार्ने कि आङ ढाक्ने?

महङ्गीको मार: गरिखानेले कसरी जोड्ने हातमुख?

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १३:४७
  • #महङ्गीको मार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्