• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

लालुमाथि आरोप– जागिरको बदलामा जग्गा: २६ लाखमा ४ करोडको जग्गा हडपे

64x64
नेपाल लाइभ बुधबार, भदौ ८, २०७९  १८:५६
1140x725

काठमाडौं– अगस्ट २४ अर्थात् आजकै दिन बिहारको राजनीति विशेष गरी दुई कारणले खास बन्यो। दुई साताअघि बनेको नितिशकुमार–आरजेडी गठबन्धनको सरकारलाई यही मितिमा दिन विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नु थियो।

तर त्यसअघि नै सीबीआईले आरजेडीका नेताकहाँ छापा हानेको थियो। ‘ल्याण्ड फर जब’ घोटालामा लालू यादवका नजिकका सहयोगी र आरजेडीका एमएलसी सुनील सिंह, पूर्व एमएलसी सुवोध राय र आरजेडीका दुई राज्यसभा सांसद अशफाक करिम र फैयाज अहमदको घरमा सीबीआईले छापा हानेको थियो। 

के हो ‘ल्याण्ड फर जब’ स्क्याम? 
सीबीआईले २४ अगस्टमा आरजेडी नेताकहाँ ल्याण्ड फर जब स्क्यामलाई लिएर छापा मारेको थियो। यस घोटालामा आरजेडीका नेता लालू यादव जोडिएका थिए। उक्त स्क्याममा यादव र उनका परिवारका सदस्यमाथि रेलवेमा जागिर दिलाएको बदलामा जमिन लिने गरेको आरोप लागेको थियो। यस घटनामा सीबीआईले यसैवर्ष मे मा लालू र उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

लालू यादवसहित उनकी पत्नी र पूर्व मुख्यमन्त्री रावडी देवि, उनकी छोरीहरु मीसा यादव र हेमा यादवका साथै जागिर पाउने बदलामा कम मूल्यमा जमिन दिने केही अयोग्य उम्मेदवारसमेत १६ जनाविरुद्ध सीबीआईले मुद्दा दायर गरेको थियो। 

१२ जनाबाट जागिरको बदलामा सात प्लट 
यादवविरुद्ध दायर भएको मुद्दामा सीबीआईले यूपीए सरकारका बेला २००४ देखि २००९ सम्म रेलवे मन्त्री रहेका बेला यादवले रेलवेमा जागिर दिलाउने नाममा उम्मेदवारबाट घुस लिएको आरोप लगाएको छ। 

जहाँ घुसवापत यादवले जमिन लिएको आरोप छ। त्यसबेला लालूमाथि रेलवेका कैयौं क्षेत्रमा १२ जनालाई भर्ती गरेको र त्यसको बदलामा आफ्ना परिवारका सदस्यका नाममा सात प्लट जमिन ट्रा‌न्सफर गरी आर्थिक फाइदा लिएको सीबीआईले आरोप लगाएको छ। 

जमिनको उक्त सातवटा प्लट रेलवेमा जागिर पाएका १२ जनाको भएको पाइएको छ। 

बिना विज्ञापन जागिर 
सीबीआईले जाँचका क्रममा लालू यादवले रेलमन्त्री हुँदा बिना कुनै विज्ञापन कैयौं मानिसलाई रेलवेमा ग्रुप–डीको जागिर दिएको पाइएको उल्लेख गरेको छ। यसरी भारतको मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुरमा उनीहरुलाई नियुक्ति दिइएको थियो। 

Ncell 2
Ncell 2

एक लाख स्क्वायर फिटभन्दा धेरै जमिन हत्याए
सीबीआईका अनुसार यस्तै तरिकाले लालू यादवका परिवारले बिहारमा एक लाख स्क्वायरभन्दा बढी जमिन मात्र २६ लाख भारतीय रुपैयाँमा हत्याएका थिए।

जबकी त्यसबेलाको सर्कल रेट अनुसार उक्त जमिनको मूल्य करिब ४.३९ करोड भारतीय रुपैयाँ थियो। अझ विशेष कुरा त के भने यसरी जमिन ट्रान्स्फर गर्ने ज्यादातर केशमा जमिन मालिकलाई क्यास भुक्तान गरिएको पाइएको छ। 

निवेदन दिएको तीन दिनमै जागिर 
इडीको जाँचका क्रममा उम्मेदवारका केही आवेदनमा अनावश्यक हतार गरिएको छ। र आवेदन परेको तीन दिनभित्र नै उनीहरुको नियुक्तिका लागि अनुमति दिएको पाइएको छ। साथै रेलवेका कैयौं अन्य क्षेत्र जस्तै वेस्ट सेन्ट्रल रेलवे, जबलपुर र वेस्टर्न रेलवे, मुम्बईमा पनि यस्ता निवेदकलाई बिना पूरा जानकारी नियुक्ति दिइको थियो। 

सातवटा सम्झौतामा यसरी भएको थियो ‘ल्याण्ड फर जब’ पूरा खेल
सम्झौता १ :

सीबीआईले आफ्नो प्रारम्भिक अनुसन्धानमा फेब्रुअरी ६, २००८ मा पटनाका किशुनदेव राईले आफ्नो जग्गा राबडी देवीलाई धेरै सस्तो मूल्यमा हस्तान्तरण गरेको पत्ता लगायो। अर्थात् ३ हजार ३ सय ७५ वर्गफुट जग्गा राबडी देवीलाई मात्र ३ लाख ७५ हजारमा बिक्री गरिएको थियो । सोही वर्ष परिवारका ३ सदस्य राजकुमार सिंह, मिथिलेश कुमार र अजय कुमारले सेन्ट्रल रेलवे मुम्बईमा ग्रुप डीको पदमा जागिर पाए।

सम्झौता २:
फेब्रुअरी २००८ मा, पटनाको महुआबागका सञ्जय राईले पनि राबडी देविलाई ३,३७५ स्क्वायर फिट जमिन ३.७५ लाखमा बेचेका थिए। सीबीआईले आफ्नो अनुसन्धानमा सञ्जय राईबाहेक परिवारका अन्य २ जनाले रेलवेमा जागिर पाएको पत्ता लगाएको थियो। 

सम्झौता ३:
पटना निवासी किरण देवीले आफ्नो ८०,९०५ वर्गफुट जमिन लालु यादवकी छोरी मीसा भारतीलाई नोभेम्बर २००७ मा ३.७० लाखमा बेचिन्। यसपछि सन् २००८ मा किरण देवीका छोरा अभिषेक कुमारले सेन्ट्रल रेलवे मुम्बईमा जागिर पाए। 

सम्झौता ४:
फेब्रुअरी २००७ मा पटनाका हजारी राईले आफ्नो ९,२७ वर्ग फुट जग्गा दिल्लीको एके इन्फोसिस्टम प्रालिलाई १० लाख ८३ हजार भारतीय रुपैयाँमा बेचेका थिए। पछि हजारी राईका दुई भतिजा दिलचन्द कुमार र प्रेम चन्द कुमारले पश्चिम-मध्य रेलवे जबलपुर र दक्षिण-पूर्वी रेलवे कोलकातामा जागिर पाए।

सीबीआईले सन् २०१४ मा लालुप्रसाद यादवकी छोरी र श्रीमतीलाई एके इन्फोसिस्टमको सबै अधिकार र सम्पत्ति दिइएको पत्ता लगायो। राबडी देवीले २०१४ मा कम्पनीको अधिकांश सेयर किनेर पछि कम्पनीको सञ्चालक बनेकी थिइन्।

सम्झौता ५:
पटना निवासी लालबाबु राईले आफ्नो १३६० स्क्वायर फिट जमिन २०१५ मे मा मात्र १३ लाखमा राबडी देवीलाई हस्तान्तरण गरेका थिए। सीबीआईले अनुसन्धान गर्दा लालबाबु राईका छोरा लालचन्द कुमारले सन् २००६ मा उत्तर-पश्चिम रेलवे जयपुरमा जागिर पाएको पत्ता लाग्यो।

सम्झौता ६:
बृजनन्दन राईले मार्च २००८ मा आफ्नो ३,३७५ वर्गफुट जग्गा गोपालगञ्जका हृदयानन्द चौधरीलाई ४.२१ लाखमा बेचेका थिए। हृदयानन्द चौधरीले सन् २००५ मा पूर्व–मध्य रेलवे हाजीपुरमा जागिर पाएका थिए। सन् २०१४ मा हृदयानन्द चौधरीले उक्त जग्गा लालुप्रसाद यादवकी छोरी हेमालाई गिफ्ट डीडमार्फत हस्तान्तरण गरेका थिए।

सीबीआईले अनुसन्धान गर्दा हृदयानन्द चौधरी र लालुप्रसाद यादव टाढाका नातेदार पनि नभएको पत्ता लाग्यो। साथै, जुन जग्गा उपहारमा दिइएको थियो, त्यसबेला सर्कल रेटअनुसार यसको मूल्य ६२ लाख रुपैयाँ थियो।

सम्झौता ७:
सन् २००८ को मार्चमा विष्णुदेव राईले सिवानका लालन चौधरीलाई आफ्नो ३ हजार ३ सय ७५ वर्ग फिट जमिन दिएका थिए। लालनका नाति पिन्टु कुमारले सन् २००८ मा वेस्टर्न रेलवे मुम्बईमा जागिर पाएका थिए। त्यसपछि लालन चौधरीले २०१४ फेब्रुअरीमा यो जग्गा हेमा यादवलाई दिएका थिए। दैनिक भास्करबाट अनुवाद

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम
मन्त्रिपरिषद् बैठक सुरु
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम
सम्बन्धित सामग्री
राजदूत भण्डारी र बङ्गलादेशका विदेश राज्यमन्त्रीबिच भेटवार्ता आइतबार बिहान भएको भेटमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई उनको नयाँ नियुक्तिप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको बङ्... आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दि... शनिबार, फागुन २३, २०८२
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि अस्ट्रेलियाले आकस्मिक यो... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम आइतबार, चैत १, २०८२
मन्त्रिपरिषद् बैठक सुरु आइतबार, चैत १, २०८२
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्