काठमाडौं– तस्कर र प्रहरीबीच सप्तरीमा झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार बलान-बिहुल गाउँपालिका–४ बेल्हीमा तस्करको समूहसँग प्रहरीको झडप भएको हो।
तस्करको समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो। भारतबाट भन्सार छलेर विभिन्न सामानहरु ल्याएको भन्ने सूचनाका आधारमा नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि तस्करको समूहले आक्रमण गरेको थियो। त्यसपछि झडपको स्थिति बनेको हो।
भन्सार छलेर ल्याइएका केही लत्ताकपडालगायतका सामानहरु भने प्रहरीले बरामद गरेको छ। केही सामान भने तस्करको समूहले नै लगेका छन्। अहिले स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।