पोखरा– पोखरा महानगरपालिका-२ स्थित विन्ध्यवासिनी मन्दिर परिषद्को दानपेटिका चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाईपक्राउ गरेको छ ।
भदौ ३ गते मन्दिरको दानपेटीका चोरी गरी फरार रहेका भनिएका पोखरा-२५ हेम्जास्थित भोटे क्याम्प बस्ने ३० वर्षीय जिम्मी दोर्जेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
‘दानपेटीका चोरी फरार हुन साथ हामीहरुले घटनामा संलग्नलाई खोजी जारी राखेका थियौं। त्यस क्रममा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली उनलाई सोमबार पक्राउ गर्न सफल भयो,’ डिएसपी तिवारीले भने ।
प्रहरीले आरोपितको साथबाट दानपेटी समेत बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।