• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

५० वर्षदेखि सडकमै तरकारी बेचिरहेकी मैयाँ तामाङ

64x64
कल्पना घिमिरे शनिबार, भदौ ११, २०७९  ०७:१८
1140x725

काठमाडौंं– कालीमाटी चोकको फुटपाथमा एकाबिहानै तरकारी किन्ने र बेच्नेहरूको भीड थियो। अझ तरकारी किन्नेभन्दा बेच्नेहरू दोब्बर देखिन्थे। कोही तरकारी बेच्नेहरू ‘२० रुपैयाँ भाग, २० रुपैयाँ भाग’ भन्दै कराउँदै थिए।

तरकारी व्यापारीहरूको भीडमा थिइन् कपाल सेतै फुलेकी मैयाँ तामाङ। जसले निलो प्लास्टिक बिच्छ्याएर भिन्डी, खुर्सानी, भिँडेखुर्सानी र कागती भाग लगाइरहेकी थिइन्। सानो स्वरमा गीत गाउँदै घरिघरि नाच्थिन् पनि।

‘बुढीआमा हामी भन्दा तरुनी छन्। हेर न नाचेको बीच बजारमा?’, छेउमा काँक्रो बेच्न बसेकी एक महिला बोलिन्।
‘यसो रमाइलो गरेको नि छोरी,’ मैयाँ बोलिन्।

Maiya_tamang_31661513066.jpg

धादिङकी ८१ वर्षीय मैयाँले कालीमाटी तरकारी तथा फलफूल बजार अगाडिको फुटपाथमा तरकारी बेच्न थालेको ५० वर्ष भयो। उनी वयस्क भन्दा कम छैनन्। बिहान ४ बजे नै उठ्छिन। पूजाआजा गरेर आफ्नो दैनिक कामको सुरुवातमा लाग्छिन्।

बिहान ५ बजे कालीमाटी चोकमा निस्किन्छिन्। कालीमाटी तरकारी बजारभित्र तरकारी किन्न जान्छिन्। होलसेल मूल्यमा भिन्डी, खुर्सानी, कागती, भिँडेखुर्सानी जस्ता थरीथरीका पाँच–पाँच केजी किन्छिन्। तरकारी किन्दा १५ सयदेखि दुई हजार खर्च हुन्छ।

कालीमाटी चोकको फुटपाथमा प्लास्टिक फिँजाएर भाग लगाउँछिन्। सबै तरकारी भागको २० रुपैयाँमा बेच्छिन्। ८ बजेसम्म बेचेर डेरा फर्कन्छिन्। दिनभरी डेरामा एक्लै समय बिताउँछिन्। 

उनलाई बिहान बाँकी रहेको तरकारी बेच्न साँझ कालीमाटी चोक नपुगी सुखै छैन। ६ बजे आएर सडकपेटीको एकछेउमा प्लास्टिक फिँजाएर उसैगरी तरकारी भाग लगाउन थाल्छिन्। जब अध्यारो बढ्दै जान्छ, मैयाँ सानो टर्च बालेर आफ्नो ‘पसल’मा उज्यालो पार्छिन्। सँधैजसो राति ८ बजेसम्म तरकारी बेचेर मात्र फर्कन्छिन्। 

Ncell 2
Ncell 2

मैयाँले यसरी तरकारी बेचेरै आफूलाई खर्च पुर्‍याएकी छन्। आम्दानीको स्रोत भनेको नै यही व्यापार हो। यति नगरे हात मुख जोड्ने अरु कुनै बाटो नभएको उनी सुनाउँछिन्।  

‘एकपटक किनेको तरकारी सबै एकै दिनमा बिक्री हुन्छ भन्ने हुँदैन। त्यो भोलिपल्टलाई पनि रहन्छ। कहिले बिक्छ, कहिले बिक्दैन’, व्यापारको दैनिकी सुनाउँछिन् उनी।

Maiya_tamang_21661513065.jpg

तरकारी बेचेर दिनमा ६ सय देखि ८ सय रुपैयाँसम्म कमाई हुन्छ। डेराभाडा मासिक तीन हजार रुपैयाँ छ। ‘बत्ती पानी जोडेर चार हजार पुग्छ। थोरै कमाइ छ। हुन त म एउटीलाई खान लाउन पुगेकै छ,’ उनले भनिन्।

मैयाँ धादिङमा हुँदा मेलापात, घाँसदाउरा, गोठाला गरेर दिन बिताउँथिन्। साथीसँग अर्मपर्म गरेर खेतबारीका काम गर्थिन्। मेलापात गर्न जाँदा गीत गाउने, नाच्ने गर्थिन्।

‘काम गर्न पाउँदा खुशी लाग्छ। पहिलादेखि आफैं कमाएर खाने बानी लाग्यो। मलाई केही दुःख छैन। काम गर्दै गीत गाउन, नाँच्न, रमाइलो गर्न मन लाग्छ। रमाइलो गर्नुपर्छ, जिन्दगीमा मरिलानु के छ र?’ सुन्तुष्ट सुनिइन् मैयाँ।

२१ वर्षको उमेरमा मैयाँ काठमाडौं छिरेकी थिइन्। मैयाँका बुवाआमा र भाइ गाउँमै थिए। केही काम गरेर बस्ने उद्देश्य लिएर काठमाडौं आएको उनी बताउँछिन्। 

काठमाडौं आएपछि केही समय आफन्तको डेरामा बसिन्। केही समयपछि उनी कालीमाटीमा डेरा गरेर बस्न थालिन्। काम खोजिन्। तर, सजिलो काम भेट्टाउन सकिनन्। 

‘पढे लेखेको थिइनँ। केही काम पाइनँ। काम नपाएपछि के गर्ने के गर्ने भयो। केही सीप नलागेपछि डोकोमा बोकेर डुलाउँदै तरकारी बेचेँ,’ सम्झनाको एल्बम पल्टाउँछिन् मैयाँ।

सुरुका दुई वर्षसम्म डोकोमा तरकारी बोकेर काठमाडौंका टोलटोल पुगेर बेचिन्। त्यसपछि कालीमाटी चोकमा बसेर तरकारी बेच्न सुरु गरिन्। 

‘अहिलेजस्तो महंगो थिएन ऊ बेला। सबै तरकारी मोहोर, सुकाको भाउमा किनबेच हुन्थ्यो। तरकारी बेचेर दिनमा २/४ रुपैयाँ कमाइन्थ्यो। तरकारी मात्र हो र! त्यतिबेला सबै कुरा सस्तो थियो नि नानी,’ मैयाँ पुराना दिन सम्झिने कोसिस गर्छिन्।

Maiya_tamang_11661513065.jpg

मैयाँ तरकारी बेचेर कमाएको केही रकम आफू खर्च गर्थिन्। कोठाभाडा मासिक ५० रुपैयाँ बुझाउँथिन्। बचेको केही पैसा घर गएको बेला आमालाई दिन्थिन्। जीवनमा खै कता अल्झिइन् कता। उनलाई बिहेप्रति रहरै जागेन। वा भनौं मेसै पाइनन्। बिहे नगरेको कुनै असपोच पनि छैन उनलाई।

उनका बाआमा बितेको पनि तीन दशक नाघिसक्यो। अहिले घरमा भाइ, बुहारी र दुई जना भदै अनि भदैका पनि छोरा छन्।

‘चाड पर्वमा धादिङ जान्छु। केही समय बसेर फेरि काठमाडौं आउँछु। घरमा सबैले माया गर्छन्। मेरो माइती असल छन्। भदैहरू पनि माया गर्छन्। खुशी लाग्छ,’ सन्तोषको श्वास फेर्दै मैयाँ डेरातिर लागिन्। 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु शनिबार, माघ १७, २०८२
अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा शनिबार, माघ १७, २०८२
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल शनिबार, माघ १७, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्