• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

५० वर्षदेखि सडकमै तरकारी बेचिरहेकी मैयाँ तामाङ

64x64
कल्पना घिमिरे शनिबार, भदौ ११, २०७९  ०७:१८
1140x725

काठमाडौंं– कालीमाटी चोकको फुटपाथमा एकाबिहानै तरकारी किन्ने र बेच्नेहरूको भीड थियो। अझ तरकारी किन्नेभन्दा बेच्नेहरू दोब्बर देखिन्थे। कोही तरकारी बेच्नेहरू ‘२० रुपैयाँ भाग, २० रुपैयाँ भाग’ भन्दै कराउँदै थिए।

तरकारी व्यापारीहरूको भीडमा थिइन् कपाल सेतै फुलेकी मैयाँ तामाङ। जसले निलो प्लास्टिक बिच्छ्याएर भिन्डी, खुर्सानी, भिँडेखुर्सानी र कागती भाग लगाइरहेकी थिइन्। सानो स्वरमा गीत गाउँदै घरिघरि नाच्थिन् पनि।

‘बुढीआमा हामी भन्दा तरुनी छन्। हेर न नाचेको बीच बजारमा?’, छेउमा काँक्रो बेच्न बसेकी एक महिला बोलिन्।
‘यसो रमाइलो गरेको नि छोरी,’ मैयाँ बोलिन्।

Maiya_tamang_31661513066.jpg

धादिङकी ८१ वर्षीय मैयाँले कालीमाटी तरकारी तथा फलफूल बजार अगाडिको फुटपाथमा तरकारी बेच्न थालेको ५० वर्ष भयो। उनी वयस्क भन्दा कम छैनन्। बिहान ४ बजे नै उठ्छिन। पूजाआजा गरेर आफ्नो दैनिक कामको सुरुवातमा लाग्छिन्।

बिहान ५ बजे कालीमाटी चोकमा निस्किन्छिन्। कालीमाटी तरकारी बजारभित्र तरकारी किन्न जान्छिन्। होलसेल मूल्यमा भिन्डी, खुर्सानी, कागती, भिँडेखुर्सानी जस्ता थरीथरीका पाँच–पाँच केजी किन्छिन्। तरकारी किन्दा १५ सयदेखि दुई हजार खर्च हुन्छ।

कालीमाटी चोकको फुटपाथमा प्लास्टिक फिँजाएर भाग लगाउँछिन्। सबै तरकारी भागको २० रुपैयाँमा बेच्छिन्। ८ बजेसम्म बेचेर डेरा फर्कन्छिन्। दिनभरी डेरामा एक्लै समय बिताउँछिन्। 

उनलाई बिहान बाँकी रहेको तरकारी बेच्न साँझ कालीमाटी चोक नपुगी सुखै छैन। ६ बजे आएर सडकपेटीको एकछेउमा प्लास्टिक फिँजाएर उसैगरी तरकारी भाग लगाउन थाल्छिन्। जब अध्यारो बढ्दै जान्छ, मैयाँ सानो टर्च बालेर आफ्नो ‘पसल’मा उज्यालो पार्छिन्। सँधैजसो राति ८ बजेसम्म तरकारी बेचेर मात्र फर्कन्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मैयाँले यसरी तरकारी बेचेरै आफूलाई खर्च पुर्‍याएकी छन्। आम्दानीको स्रोत भनेको नै यही व्यापार हो। यति नगरे हात मुख जोड्ने अरु कुनै बाटो नभएको उनी सुनाउँछिन्।  

‘एकपटक किनेको तरकारी सबै एकै दिनमा बिक्री हुन्छ भन्ने हुँदैन। त्यो भोलिपल्टलाई पनि रहन्छ। कहिले बिक्छ, कहिले बिक्दैन’, व्यापारको दैनिकी सुनाउँछिन् उनी।

Maiya_tamang_21661513065.jpg

तरकारी बेचेर दिनमा ६ सय देखि ८ सय रुपैयाँसम्म कमाई हुन्छ। डेराभाडा मासिक तीन हजार रुपैयाँ छ। ‘बत्ती पानी जोडेर चार हजार पुग्छ। थोरै कमाइ छ। हुन त म एउटीलाई खान लाउन पुगेकै छ,’ उनले भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैयाँ धादिङमा हुँदा मेलापात, घाँसदाउरा, गोठाला गरेर दिन बिताउँथिन्। साथीसँग अर्मपर्म गरेर खेतबारीका काम गर्थिन्। मेलापात गर्न जाँदा गीत गाउने, नाच्ने गर्थिन्।

‘काम गर्न पाउँदा खुशी लाग्छ। पहिलादेखि आफैं कमाएर खाने बानी लाग्यो। मलाई केही दुःख छैन। काम गर्दै गीत गाउन, नाँच्न, रमाइलो गर्न मन लाग्छ। रमाइलो गर्नुपर्छ, जिन्दगीमा मरिलानु के छ र?’ सुन्तुष्ट सुनिइन् मैयाँ।

२१ वर्षको उमेरमा मैयाँ काठमाडौं छिरेकी थिइन्। मैयाँका बुवाआमा र भाइ गाउँमै थिए। केही काम गरेर बस्ने उद्देश्य लिएर काठमाडौं आएको उनी बताउँछिन्। 

काठमाडौं आएपछि केही समय आफन्तको डेरामा बसिन्। केही समयपछि उनी कालीमाटीमा डेरा गरेर बस्न थालिन्। काम खोजिन्। तर, सजिलो काम भेट्टाउन सकिनन्। 

‘पढे लेखेको थिइनँ। केही काम पाइनँ। काम नपाएपछि के गर्ने के गर्ने भयो। केही सीप नलागेपछि डोकोमा बोकेर डुलाउँदै तरकारी बेचेँ,’ सम्झनाको एल्बम पल्टाउँछिन् मैयाँ।

सुरुका दुई वर्षसम्म डोकोमा तरकारी बोकेर काठमाडौंका टोलटोल पुगेर बेचिन्। त्यसपछि कालीमाटी चोकमा बसेर तरकारी बेच्न सुरु गरिन्। 

‘अहिलेजस्तो महंगो थिएन ऊ बेला। सबै तरकारी मोहोर, सुकाको भाउमा किनबेच हुन्थ्यो। तरकारी बेचेर दिनमा २/४ रुपैयाँ कमाइन्थ्यो। तरकारी मात्र हो र! त्यतिबेला सबै कुरा सस्तो थियो नि नानी,’ मैयाँ पुराना दिन सम्झिने कोसिस गर्छिन्।

Maiya_tamang_11661513065.jpg

मैयाँ तरकारी बेचेर कमाएको केही रकम आफू खर्च गर्थिन्। कोठाभाडा मासिक ५० रुपैयाँ बुझाउँथिन्। बचेको केही पैसा घर गएको बेला आमालाई दिन्थिन्। जीवनमा खै कता अल्झिइन् कता। उनलाई बिहेप्रति रहरै जागेन। वा भनौं मेसै पाइनन्। बिहे नगरेको कुनै असपोच पनि छैन उनलाई।

उनका बाआमा बितेको पनि तीन दशक नाघिसक्यो। अहिले घरमा भाइ, बुहारी र दुई जना भदै अनि भदैका पनि छोरा छन्।

‘चाड पर्वमा धादिङ जान्छु। केही समय बसेर फेरि काठमाडौं आउँछु। घरमा सबैले माया गर्छन्। मेरो माइती असल छन्। भदैहरू पनि माया गर्छन्। खुशी लाग्छ,’ सन्तोषको श्वास फेर्दै मैयाँ डेरातिर लागिन्। 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्