• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३१, २०८३ Wed, Jul 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

वर्चश्वशालीहरूको दबदबा रहेको निर्वाचन

64x64
ईश्वर बराल शुक्रबार, भदौ ३, २०७९  १३:२९
1140x725

काठमाडौं– २०६२/०६३ को दोस्रो जनआन्दोलन र त्यसपछि जारी भएको अन्तरिम संविधानले सीमित समुदाय र व्यक्तिको प्रभूत्वलाई अन्त्य गर्न समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट महिला तथा अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गर्‍यो। 

अन्तरिम संविधानकै व्यवस्थालाई अंगीकार गरेर बनेको नेपालको संविधान २०७२ ले पनि उक्त व्यवस्थालाई कायम गर्‍यो र प्रस्तावनामै ‘समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण’ गर्ने भनेर उल्लेख गरियो।

तर, नयाँ संविधान जारी भएपछि २०७४ भएको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित अपवाद बाहेक अधिकांश सांसद संसदीय र सत्ता राजनीतिमा काबिल एवं वर्चश्वशाली वर्गका रहेको तथ्यांकले देखाउँछ।

उक्त निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेमा प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ जना निर्वाचित भएका थिए। त्यसमध्ये अघिल्लो भदौमा माधवकुमार नेपालले एमाले विभाजन गरेपछि हाल एमालेमा कूल ९८ सांसद छन्। त्यसमध्ये प्रत्यक्षतर्फ ६७ (सूर्य चिह्नबाट निर्वाचित हृदयश त्रिपाठी समेत जोड्दा ६८) र समानुपातिकतर्फ ३० जना सांसद रहेका छन्।

प्रत्यक्षतर्फ निर्वाचित ४५ जना सांसद क्षेत्री/बाहुन समुदायका छन्। त्यस्तै, १४ जना आदिवासी जनजाति, २ जना दलित, ३ जना मधेशी र ३ जना महिला रहेका छन्। यी अनुहारमा अपवाद बाहेक अधिकांश दोहोरिएका छन्। उनीहरू पार्टीमा प्रभावशाली व्यक्ति वा नेतृत्वको नजिकका छन्।  

यस्तै, समानुपातिकतर्फका ३० जना छन्। यो प्रणालीबाट पार्टीलाई आर्थिक सहयोग गर्ने उद्यमी मोतीलाल दुगडदेखि पार्टीका धनी नेताकी पत्नीसम्म अटेका छन्। 

केही पुरानै अनुहार छन् भने थोरै मात्र नयाँ अनुहार छन्। तर, ती नयाँ अनुहारकामध्ये केही ‘माननीय’को संसद्‌मा हस्तक्षेपकारी भूमिका लोभलाग्दो देखिन्छ। तर, आगमी निर्वाचनमा ती अनुहार दोहोरिन नसक्ने जोखिम छ। किनभने यो बीचमा तिनको शक्तिकेन्द्रसँगको सम्बन्ध कस्तो रह्यो भन्नेले आगामी दिनलाई डोहोर्‍याउने राजनीतिक विश्लेषकहरू बताउँछन्। 

एमालेकै जस्तो स्थिति छ सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रसको पनि। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको यो पार्टीका ११ जना क्षेत्री/बाहुन समुदायका छन् र तिनीहरू संसदीय राजनीतिका पुराना खेलाडी हुन्। यस्तै, ८ जना मधेशी छन्। तर, यिनीहरू पनि त्यो क्षेत्रका वर्चश्वशाली समुदायका छन्। र, बाँकी रहेका चार जना आदिवासी जनजाति समुदायका रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

समानुपातिकतर्फ भने पार्टी सत्ताको प्रभूत्वशाली समूहले गरेको भागबन्डाका आधारमा मनोनयन गरिएको छ। कांग्रेसले समानुपातिकमा विश्वकै धनीको सूचीमा पर्ने विनोद चौधरीदेखि उद्यमी उमेश श्रेष्ठ लगायतका व्यक्तिहरूलाई समेटेको छ।

संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, जो आफूलाई यो व्यवस्थाको मुख्य पक्षधर ठान्छ, उसको पनि संसद्‌मा देखिने अनुहार भने त्यही वर्चश्वशाली समुदायकै छन्। ३१ सिट प्रत्यक्षतर्फ जितेको यो पार्टीका करिब १४ जना सांसद क्षेत्री/बाहुन समुदायका छन् भने ८ जना आदिवासी जनजाति, एक जना दलित र बाँकी मधेशी तथा अन्य रहेका छन्।

यस्तै, माओवादीको समानुपातिकतर्फ १७ जना सांसद छन्। एउटा सुखद् पक्ष यो सूचीमा एकाध पुरुषबाहेक सबै महिला छन्। तर, यसमा धेरैजसो २०६४ बाट निरन्तर सांसद र सत्ताको स्वाद चाखिरहेकाहरू छन्। पूर्वसभामुख, पूर्वउपसभामुख जो हिजो सीमान्तकृत समुदायका थिए आज पनि उनीहरू संसद् छिर्न समानुपातिककै बाटो रोज्ने गरेका छन्।

यी दलबाहेक अन्य साना तथा क्षेत्रीय दलहरूमा यो रुप झन् टिठलाग्दो देखिन्छ। कथित उपल्लो जातका र निरन्तर सत्तायात्रा गरेका नेता तथा शीर्ष नेता नजिकका व्यक्तिले मात्र अवसर पाइरहेका देखिन्छ। प्रजातन्त्र पुनर्बहाली भएको २०४७ पछिका ३२ वर्षलाई हेर्ने हो भने पार्टीहरूमा निश्चित समुदाय, सीमित व्यक्तिको प्रभूत्व बढ्दै गएको देख्न देखिन्छ।

यो समूह पार्टीसँग सम्बन्धित सबै स्रोत तथा अधिकार प्रयोगको जिम्मा लिएर  शीर्ष स्थानमा रहने गरेको छ। अब हुने निर्वाचनमा पनि त्यही समूहको उपस्थिति रहनेछ जोखिम छ। टिकट वितरणदेखि नीति निर्माणको हरेक तहमा यही समूहको वर्चश्व रहने पक्का छ।

दलभित्र वर्चश्वशालीको उदय
नेकपा एमालेले गत मंसिरमा चितवनमा आफ्नो १०औं महाधिवेशन गर्‍यो। जुन महाधिवेशन नाम मात्रको भयो। सबै विधि, प्रक्रियालाई मिचेर अध्यक्षको खल्तीबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम वाचन गरियो। 

अध्यक्ष केपी शर्मा ओली र उनको वरिपरि रहेको समूहले यो पार्टीमा आफ्नो वर्चश्व स्थापित गरेर जसरी निर्णय गर्छ, त्यसको प्रभाव स्वतः आसन्न निर्वाचनमा पनि देखिनेछ। 

त्यस्तै, नेकपा माओवादी केन्द्रले गत वर्ष पुसको मध्यमा आठौं महाधिवेशन गर्‍यो। त्यो पनि छापामार शैलीमा। राष्ट्रिय समेलनको तयारी गरेको माओवादीले उद्घाटनको पूर्वसन्ध्यामा महाधिवेशनमा रुपान्तरण गर्‍यो। माओवादीको नेतृत्व करिब ३० वर्षबाट एउटै व्यक्ति, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन्। र, उनी अझै नेतृत्व हस्तान्तरण गर्ने मूडमा छैनन्।  

यता, लोकतान्त्रिक भनिएको दल नेपाली कांग्रेसले पनि गत वर्षकै मंसिरमा १०औं महाधिवेशन सम्पन्न गर्‍यो। पार्टीमा कायम राखेको वर्चश्वशाली प्रभूत्व कायम हुनेगरी नेतृत्व चयन भएको छ।

केन्द्रीय समितिमा उम्मेदवारी दिने पार्टीभित्रको वर्चश्व कायम रहेको समूहको भर पर्नुपर्‍यो। कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८ सालपछि निरन्तर संसद्मा छन्। ०४८ मै गृहमन्त्री भएका देउवा, ०५२ मा प्रधानमन्त्री भएका थिए। उनी अहिले पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनलाई टेको लगाउने केही वर्चश्वशाली समुदायका मानिस छन्। 

सबै समेट्न समानुपातिक प्रणाली
संविधानसभा सदस्य राधेश्याम अधिकारी प्रत्यक्ष निर्वाचन प्रणालीले सीमान्तकृत, महिला, दलित लगायत समुदायका व्यक्ति राज्यको उपल्लो तहमा पुग्न कठिन हुने भएपछि उनीहरूका लागि समानुपातिक प्रणाली ल्याएको तर, त्यसमा अहिले आएर केही प्रश्न उठेको बताउँछन्।

‘प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै हुँदा सीमान्तकृत वर्गहरू महिला, दलित, आदिवासी जनजाति, मधेशीहरूको संसद्‌मा प्रतिनिधित्व भएन भन्ने आवाज उठ्यो। समानुपातिक निर्वाचन प्रणाली नअपनाउने हो भने कमजोर वर्गका मानिसहरू संसद्‌मा जान नपाउने भए,’ अधिकारी भन्छन्, ‘त्यसैले संसद्लाई सप्तरंगी बनाउन र सबै किसिमका मानिसको प्रतिनिधित्व गराउनका लागि समानुपातिक प्रणाली पनि आवश्यक छ भन्ने कुरा उठ्यो। त्यसपछि समानुपातिक प्रणालीमा जाने निर्णय भयो। तर, समानुपातिक निर्वाचन प्रणालीले केही प्रश्न उब्जाएको छ।’

पार्टीमा केही मान्छेको हातमा मात्र स्रोत केन्द्रित हुने भएकाले आमकार्यकर्ताको पार्टीमा अपनत्व नरहेको अधिकारी बताउँछन्। ‘हामीले भूइँतहका कार्यकर्तालाई तिम्रो भविष्य यो मुलुकसँग छ, तिमी सुरुदेखि नै संलग्न हुन पाउँछौ, जोसुकैले टिकट पाउँदा पनि तिम्रो पनि योगदान रहन्छ भनेर भन्न सकेनौँ,’ अधिकारी भन्छन्, ‘अहिलेको दुःखान्त त्यो हो। सबै पार्टीमा खल्तीबाट उम्मेदवार दिने चलन आयो। त्यस्ता कार्यकर्ताप्रति अरु कार्यकर्ताहरूको अपनत्व भएन। अपनत्व नभएपछि खर्च स्वाभाविक रुपमै बढ्ने भयो।’

टिकट पाएकाले जित्नका लागि साम, दाम, दण्ड, भेद सबै लागू गर्नुपर्ने भएकाले पनि यो स्थिति पैदा भएको अधिकारी बताउँछन्। 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल समग्र निर्वाचन प्रक्रिया र विशेष गरि समानुपातिक प्रणालीमा पैसा, नाता र दाताको हालीमुहाली रहेको टिप्पणी गर्छन्। ‘अहिले कोही समानुपातिकमा जाउँ भन्यो भने खिसिट्युरी हुने गरेको छ।  त्यो पैसा, नाता र दाताले पाउने भयो। यस्तो पनि हुन्छ? भनि टिप्पणी हुने गरेको छ’, पोखरेल भन्छन्।

पार्टीमा प्रभूत्व रहेको समूहले यस्तो गरेको पोखरेलको ठम्याइ छ। त्यसकारण त्यो समूह परिवर्तन नभई व्यवस्था परिवर्तन भएर पनि केही नहुने उनको तर्क छ। ‘यस्तो कसले गर्‍यो भन्दा पात्रले गर्‍यो। जो निरन्तर नेतृत्वमा छ। त्यही कारण पात्र परिर्वतन नभएसम्म व्यवस्था परिर्वतन भएर हुँदोरहेनछ भन्ने देखियो,’ पोखरेलले थपे।

शान्ति प्रक्रियापछि भएको निर्वाचनको नेतृत्व गरेर खटिएका पोखरेल वर्तमान नेतृत्व रहेसम्म जस्तोसुकै व्यवस्था ल्याएपनि ‘ड्यामेज’ बनाउने निष्कर्ष सुनाउँछन्। पोखरेल भन्छन्, ‘यीनै पात्रहरू रहेसम्म र मनस्थिति रहेसम्म जुनसुकै प्रणाली ल्याएपनि ड्यामेज नै हुने हो।’

यो पनि पढ्नुहोस्  :
यिनै पात्रहरु रहेसम्म जुनसुकै प्रणाली ल्याए पनि ‘ड्यामेज’ नै हुने हो : भोजराज पोखरेल [अन्तर्वार्ता]

सांसदहरुलाई नै तर्साइरहेको चुनाव खर्च

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:२९
  • #निर्वाचन प्रणाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने मंगलबार, असार ३०, २०८३
मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर मंगलबार, असार ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन मंगलबार, असार ३०, २०८३
मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्