इनरुवा– सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन्।
आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन्।
सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ।
सवेताको शव भने ओछ्यानमा फेला परेको छ। उनका अनुसार सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ। उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ। घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए।
आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।