काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए।
जनसरोकारका विषयहरूमा सरकार बेखबर बन्दै गएको आरोप लगाए। सरकार राज्यका सबै अंगहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए। सांसद बस्नेतले सरकार विपद्को पूर्व तयारीप्रति बेखबर रहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।