विराटनगर– हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।
मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा पानी लगाउन गएका बेला अमिनालाई हात्तीले आक्रमण गरेको थियो।
पैनीबाट पानी ल्याउने हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।