• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोल्पा : जसले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँछ

64x64
कल्पना घिमिरे शनिबार, भदौ ४, २०७९  २१:१८
1140x725

काठमाडौं– रविचन्द्र मल्ल भक्तपुर कोल्पाकोटका बासिन्दा हुन्। सानो छँदा उनको टोलको नाम कोल्पाकोट सुनेका थिए। कोल्पाकोट भक्तपुरको चाँगुनारायण मन्दिर र भक्तपुर दरबार क्षेत्रको (भक्तपुर नगर)बीचको भागमा पर्दछ। तर कोल्पाकोट नाम  परिवर्तन भएर अहिले झौखेल भएको छ। कोल्पाकोट नामलाई जोगाउन उनले आफ्नो व्यावसयको नाम कोल्पा राखेका हुन्। 

‘म सानो छँदा जसले पनि कोल्पाकोट भन्थे, अहिले कोल्पाकोट नामै परिवर्तन भयो। कोल्पा नाम हराउँदै गयो। त्यो इतिहासमा मात्र सीमित रहने भयो।  कोल्पालाई जोगाउन के गर्ने त भन्दा मैले एउटा ब्राण्डको रुपमा लान्छु भन्ने लाग्यो। र मैले ब्राण्डको नाम कोल्पा राखेँ,’उनले भनेँ।

KOLPA (5)1661008990.jpg

उनले जुन सोचले कोल्पा राखे त्यहि अनुसारको काम भयो जुन परम्परागत रुपमा रहेका सीपहरु जो हराउन र लोप हुन लागेका छन् । जुन ओझेलमा परेका छन्। जसले महत्व पाएका छैनन्। तीनको महत्व बुझाउने काम भयो।
उनका अनुसार कोल्पाले मकैका खोस्टाबाट बन्ने चकटी, सुकुल, अल्लोका टेबल बत्ती स्ट्याण्ड, पिर्का, झोला, पेटि, पर्स, ढडिया, मुडा जस्ता परम्परागत हस्तकला सामग्रीको व्यावसाय गर्छ। ‘यी सामान्य घरेलु उत्पादन मात्र होइनन्’ ‘यसले हाम्रो नेपाली संस्कृति र पहिचान झल्काछउछँ,’ उनले भने।

यतिमात्र होइन। नेपालका लोपोन्मुख जाती तथा घुमन्ते जाति राउटेले बनाएका चाप, दार, सिमल, उत्तीस जस्ता काठका भाँडा पनि नेपाली पहिचान झल्काउने हुन्।

KOLPA (4)1661009077.jpg

यी सामाग्री विभिन्न कच्चा पदार्थबाट बनेका हुन्छन्। तराई क्षेत्रमा पाइने पटेर, थाकल, सर्कण्डा, अल्ला, सनपाट, हेम्प, मकैका खोस्टाबाट निर्माण गरिएका सामाग्री कोल्पाका पाइन्छ।

६१ सालमा कोल्पा टेडर्स धोबीघाटको एउटा सानो छिँडीबाट सुरु गरेका थिए। त्यो काम घरकाले मन पराएनन्। एउटा ठूलो ठाँउ नै चाहिन्छ भनेर लाजिम्पाटमा सुरु गरे। ‘लगानी डेढ लाख जस्तो लाग्यो होला यो व्यवसाय सुरु गर्न,’उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुवातको समयमा रविचन्द्रले नेपालमा बनेका हस्तकलाका विभिन्न सामाग्री बिक्री गर्थे। नेपालको सामानलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले कोल्पा खोलिएको थियो। तर केहि समय काम गरेपछि अध्ययनका लागि उनी अमेरिका गए।

‘हुन त मलाई बच्चादेखि नै मेडिकल लाइनतिर पढ्न मन थियो। त्यतिबेला आर्थिक अभावमा मैले त्यो पढ्न पाईनँ,’ उनले भने।

KOLPA (8)1661009105.jpg

स्नातकोत्तर मनोविज्ञान (साइकोलोजी) पढ्न भनेर गएका रविचन्द्रले सूचना प्रविधि (आईटी) पढे। अमेरिकामा उनले पढ्दै राम्रो जागिर पनि गर्थे। कमाई पनि राम्रो थियो। अमेरिकामा केहि कुराको कमी थिएन। तर पनि उनलाई अमेरिका बस्न मन लागेन। पहिलादेखि नै नेपालमै  केहि गर्ने उनको रुची थियो। स्नातकोत्तर सकिएपछि उनी नेपाल फर्के।
‘मेरो पढाई सकिएपछि यहाँ गर्ने दुःख नेपालमै गरौं न त भन्ने लाग्यो। त्यसमा मैले परिवारको पनि सपोर्ट पाएँ, अनि नेपाल फर्किएँ,’उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकाबाट आएपछि व्यवसाय थाल्न रविचन्द्रलाई केहि समय लाग्यो। आइटीको विद्यार्थी भएकाले खासै व्यापार व्यवसायको बारेमा त्यति थाहा थिएन। त्यतिबेला उनले श्रीमतीको सपोर्ट पाए। व्यवसाय कसरी गर्ने भनेर सोच्न थाले। कहिले काहिं औद्योगिक प्रदर्शनी मेलामा जान्थे। बजार, वस्तुस्थितिबारे ज्ञान बोटुल्थेँ।  

KOLPA (10)1661009128.jpg

ग्रामिण क्षेत्रमा सीपहरु थिए। तर सीपको महत्व थिएन। निर्माण सामाग्री व्यापार गर्ने राम्रा बजार क्षेत्र थिएन। गाउँघरमा ओझेल परेका सीपहरुलाई जसरी पनि अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य उनको थियो। 

थुप्रै हस्तकलाका सामान निर्माण हुन्थे। तीनले उचित मूल्य पाएका थिएनन्। थुप्रै कच्चा पदार्थ खेर गइरहेका थिए।  उपयोग गरिएको थिएन। उचित महत्व र मूल्य नपाउँदा गाउँका मानिस सँधै तल परिरहेका थिए। 

‘मलाई अरुभन्दा पनि ग्रामिण भेगका मानिसहरुलाई उकास्न केहि गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यहि भएर याे काम सुरु गरेँ,’ उनले भने।

आजभन्दा ७ वर्ष अघि रविचन्द्रले पुनः कोल्पालाई निरन्तरता दिए। हाल कोल्पा ललितपुरको झम्सिखेलमा छ। 
जहाँ नेपालभित्रकै कच्चा पदार्थ प्रयोग गरेर नेपालीले नै निर्माण गरेका हस्तकलाका सामाग्री पाइन्छ। कोल्पामा नेपालका विभिन्न जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, नवलपरासी, दैलेख, दार्चुला, सिन्धुपाल्चोक, जुम्ला, डोल्पा लगायतका गाउँहरुमा हस्तकलाका सामाग्री निर्माण गरेका सामाग्री आयात हुन्छन्। 

KOLPA (13)1661009157.jpg

‘नेपालको चिज नेपालीले नै बनाउनु पर्छ र कच्चा पदार्थ पनि नेपाली नै हुनुपर्छ भन्ने कोल्पाको उद्देश्य होे। र अहिले कच्चा पदार्थदेखि बुन्ने दिदीबहिनी सबै नेपाली नै छन्,’ उनले भने।

विकट गाउँठाउँमा हातमा सीप भएका छन्, तर उनी पिछडिएका गरिब छन्। उनीहरुलाई मध्यनजर गरेर उनले हस्तकलाका सामाग्री बनाउन लगाए। उनीहरुलाई काम अनुसारको ज्याला दिएर सामान लिए। यसरी उनले सयांै मानिसलाई स्वरोजगार सिर्जना गरिदिए।

‘दिनभरि खेतबारीका काम गरेर फुर्सदको समय निकालेर उहाँहरुले काम गर्न पाउनुभएको छ। यसमा उहाँहरु पनि खुसी हुनुहुन्छ। म पनि धेरै खुसी छु। थोरै समय भएपनि उहाँहरुलाई काम दिएको छु,’उनी भन्छन्।

विभिन्न गाउँठाउँमा ओझेलमा परेका सीपहरु छन्। जुनको महत्व छैन। खेर गइरहेका विभिन्न कच्चा पदार्थहरु छन्। जसलाई ठूलो रकम तिर्नु पर्दैन। जुन बनाउन विद्युतीय औजार चाहिँदैन। हाते औजार प्रयोग गरेर हातैले बनाउन मिल्ने सामाग्री हुन्छन्। नेपालको पहिचान झल्काउने सामाग्रीलाई रविचन्द्रले कोल्पामा राम्रो स्थान दिएका छन्। 

KOLPA (12)1661009221.jpg‘कुन जिल्लामा, कुन गाउँमा कस्ता पदार्थका कच्चा पदार्थ पाईन्छन्? ती कच्चा पदार्थबाट कस्ता सामाग्री बनाउन सकिन्छ ? रिसर्च गरेर त्यहि कच्चा पदार्थलाई प्राथमिकता दिएर सामाग्री निर्माण गर्न लगाउँछु,’ उनले भने।

काठमाडौंबाट कच्चा पदार्थ पठाएर बनाउन लगाउनु र चाइनाबाट ल्याउनुमा केहि भिन्नता छैन। खर्च उस्तै पर्छ। त्यसकारण आफ्नो वरपर पाइने कच्चा पदार्थ प्रयोग गर्दा खेर गइरहेको वस्तुको पनि उपयोग भयो। जहाँ जस्तो सामाग्री पाइन्छ। त्यहाँ त्यहिको प्रयोगबाट सामाग्री निर्माण गर्दा लगानी कम फाइदा बढी हुने उनको अनुभव छ । 

‘उहाँहरुको क्षमता बुझेर हामीले त्यहि अनुसार डिजाइन दिन्छौं। त्यसपछि उहाँहरुले डिजाइन अनुसारको सामान बनाएर पठाउनुहुन्छ। जस्तै परम्परागत रुपमा बन्ने सामग्रीलाई नयाँपन ल्याएर निर्माण गर्ने गरिन्छ। उदाहारणका लागि नवलपरासीबाट आउने पटेरबाट बनाइएको जुन माछा मारेपछि राख्न प्रयोग गर्ने ढडिया सानो हुन्छ। त्यसलाई परिमार्जन गरेर आकार ठूलो बनायौँ। ढडियालाई गमला राख्ने डेली बनायौँ,’ उनले भने।

KOLPA (8)1661009105.jpg

कोभिड–१९ को महामारीका कारण भएको लकडाउनले कोल्पालाई समेत असर पुग्यो। त्यतिबेला उनले कटनको तीन लेयर वाला मास्क बनाए। नाक र कानमा अड्काउन मिल्ने हातले बनाएका थिए। त्यतिबेला मास्कको मूल्य प्रति गोटा दुई सय २५ रुपैया थियो। पहिलो लकडाउनभरिमा चार हजार थान बिक्री गरे। आर्थिक संकटलाई केही केही मात्रामा कमी तुल्यायो । त्यही मास्कले कोभिड-१९ बाट बच्न धेरैलाई राहत मिलेको उनको ठम्याई छ । उनको विश्वासमा लकडाउन बेला माक्सले परिवारलाई त बचायो नै, थप कोल्पालाई पनि बचायो । 

KOLPA (9)1661009325.jpg

रविचन्द्रले लकडाउनको बेलामा घरैमा बसेर घाँसपातको बारेमा अध्ययन गरे। बुनाईको बारेमा जान्ने मौका पाए। अन्तर्राष्ट्रिय स्तरका बजारमा हेरे। कुन देशमा कस्ताकस्ता औजार प्रयोग गर्दा रहेछन्। कस्ता सीपहरु रहेछन् भनेर अध्यन गरे। 

‘कोभिडको बेला मसँग खाली समय थियो। त्यो बेला मैले ठूलो रिसर्च गर्न पाएँ। डिजाइनिङ्को बारेमा नयाँनयाँ डिजाइन कसरी बनाउन सकिन्छ भन्नेतिर रिसर्च गर्न लागेँ। अरुबेला त्यसो गर्न कहाँ भ्याउनु? कहिले कता व्यवस्त कहिले कता, अहिले पनि व्यस्तै छु,’ उनले भने।

कोभिड–१९ को मार घट्दै गएपछि कोल्पाले अझ राम्रो बजार पायो। नयाँनयाँ डिजाइन धेरै ल्याइए । नौलो डिजाइनमा सामाग्री बनाउन थालेकाले अहिले कोल्पा सामानको माग धेरै बढेको छ । 

‘जुन उद्देश्यले संचालन गरेको हो त्यो उद्देश्य पुरा हुँदैछ। म पनि खुशी छु र त्यसमा मसँग काम गर्ने (बुन्ने) दिदीबहिनीहरु पनि खुसी हुनुहुन्छ,’ उनले भने।

KOLPA (2)1661009495.jpg

कोल्पाका सामाग्री काठमाडाैंमा खुद्रा मूल्यमा नेपालका विभिन्न स्थानमा बिक्री गर्छन्। साथै अन्तर्राष्ट्रिय बजार अमेरिका, अष्ट्रेलिया, जापान, सिङगापुर, बेलायत, क्यानडा, युरोपका विभिन्न मुलुकमा पनि निर्यात गर्छन्। 

‘यहि व्यवसायबाट महिनामा आठ देखि १० लाखसम्मको व्यापार गर्छु। दशैं,तिहार, क्रिसमस डेको बेला सिजन हो। यो बेला झनै व्यापार बढ्छ। यसबाट भएको आम्दानी यसैमा लगानी गर्छु। पहिला एक तलामा मात्र व्यवसाय सीमित थियो। अहिले तीन तला पुगेको छ,’ उनले भने।

नेपालको पहिचान झल्काउने हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा त माग छँदैछ। नेपालभित्रै पनि धेरै माग बढेको उनले बताए । नेपालीहरुमा पनि अहिले आफ्नो पहिचान संरक्षण गर्नुपर्छ भन्ने बुझ्न थालेका छन्।

KOLPA (18)1661009384.jpg

रविचन्द्र आफ्नो व्यवसायबाट औधी खुशी छन्। उनले परिवारबाट पनि ठूलो साथ पाएका छन्। अहिले रविचन्द्रलाई काममा काममा बहिनीले पनि साथ दिएकी छन्।

‘यतिसम्म आउन दुःख त साह्रै गरियो। तर परिणाम चाहिं अहिले एकदमै राम्रो भयो,’ उनले भने।

भन्छन् ‘मैले आइटी पढेर त्यहि अनुसार काम गरेको भए अथवा मेडिकल लाइनतिर पढेको भए म यो स्थानमा हुँदैन थिएँ होला। सायद म यतिबेला सहरी क्षेत्रमा अन्य नै कुनै काम गरिरहेको हुन्थेँ।’
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्