• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

‘विद्रोही’ खेलाडीका कारण चेपुवामा परेका अञ्जन र तेज

64x64
दीप सुवेदी शनिबार, साउन २८, २०७९  १८:२४
1140x725

काठमाडौं– ‘उहाँ (मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी) बुबाजस्तो हुनुहुन्छ। उहाँ भएसम्म हामी ढुक्क छौं। उहाँले कसलाई कता खेलाउने, नखेलाउने या खराब नतिजा निस्किए के गर्ने भन्ने जिम्मेवारी लिनुहुन्छ। हामी बेफिक्री भएर खेल्न पाएका छौं। प्रशिक्षक त यस्तो हुनुपर्छ !’ गत वर्ष असोजमा आयोजना भएको साफ च्याम्पियनसिपको तयारी गर्ने बेला कप्तान तथा गोल रक्षक किरण चेम्जोङ प्रशिक्षकको भूमिकालाई लिएर स्पष्ट थिए।

उनको यो भनाइ स्वभाविक थियो। नेपाली राष्ट्रिय टोलीमा कुवेती नागरिक अल्मुताइरीले प्रशिक्षकको भूमिकामा ‘इन्ट्री’ मारेपछि खेलाडीले मैदान बाहिर र भित्र हुनै अनावश्यक कुराको चिन्ता लिनु परेको थिएन। अल्मुताइरी नै खराब नतिजा आफ्नो पुर्पुरोमा लिन्थे। राम्रो नतिजा निस्किए खेलाडीको प्रशंसा गर्थे। केही विवाद आए आफैंलाई गाली गर्न अल्मुताइरीले खुला आह्वान गर्थे। 

उनी आफ्नै मर्जीमा टिम बनाउँथे, अनुभवी खेलाडीलाई बाहिर राखेको भन्दै खुब गाली खान्थे। अनि वर्षौंदेखि बेञ्चमा रहेका र टोलीमा पर्न संघर्षरत रहेका खेलाडीलाई मैदान उतारेर आत्मविश्वास दिलाउथे। 

यसले केही मात्रामा भए पनि राष्ट्रिय टोलीमा वर्षौंदेखि रहेको सिनियर खेलाडीको ‘सिन्डिकेट’लाई तोडेको थियो। ‘ए’ डिभिजन मात्रै होइन, ‘सी’ र ‘बी’ खेलिरहेका खेलाडीले पनि राष्ट्रिय टोलीको जर्सी एकदिन भए पनि लगाउने सपना बुनिसकेका थिए। उनीमाथि विश्वास गर्नुको कारण खेलाडीको प्रयोग नै थियो भन्दा फरक नपर्ला। अल्मुताइरी रहँदासमेत राष्ट्रिय टोलीमा पर्न न कसैको पावर लगाउनु पर्थ्यो न त कसैको भनसुन नै।

अल्मुताइरी भन्थे,‘हाम्रो खेलाडीसँग पर्याप्त प्रतिभा छ। तर, हामीले सदूपयोग गर्न सकेका छैनौं। केही राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई विदेशी क्लब लगेर खेलाउने हो भने टिम बलियो हुन्छ। म सकेसम्म यसका लागि पहल गर्छु।’

यो पनि पढ्नुहोस

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित 

कतार फुटबल एसोसिएसनको सहयोगमा नेपाल आइपुगेका अल्मुताइरीबाट अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुखद् नतिजा मात्रै होइन, खेलाडीको व्यक्तित्व विकासमा पनि सुधार गरिदियाेस् भन्ने चाहना राख्थ्यो। अल्मुताइरी कतारी राजपरिवारसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएका कारण पनि उनी सुविधासम्पन्न स्थानमा लगेर फुटबलको प्रशिक्षण दिलाउन सक्ने र चोटपटक लागे उतै उपचार गरिदिने व्यवस्था मिलाउन सक्ने सामर्थ्य राख्थे। यता, कतारी र कुवेती क्लबसँगको राम्रो चिनजानका भएका उनले नेपाली फुटबल खेलाडीलाई पनि मौका दिलाउने प्रयास गरेका थिए।

ती भाग्यमानी खेलाडी थिए, फरवार्ड अञ्जन विष्ट र मिल्डफिल्डर तेज तामाङ। अल्मुताइरीले निकै विश्वास गरेर अञ्जन र तेजलाई कुवेती क्लबमा आबद्ध गर्ने प्रक्रिया अगाडि बढाएका थिए।

अल्मुताइरीसँग नजिक रहेका एन्फाका पदाधिकारीका अनुसार तेजलाई मासिक ७ र अञ्जनलाई ६ हजार अमेरिकी डलरमा अनुबन्ध गराउन प्रक्रिया अगाडि बढाइएको थियो। ‘कुवेतमा एसिया कपको छनोट खेल्न जाँदा त्यही कन्ट्रयाक्ट गराउने योजना थियो। तर, प्रक्रिया मिलेन र पछाडि धकेलियो,’ ती पदाधिकारीले नेपाल लाइभसँग भने।

nimb
nimb
Ncell 2
Ncell 2

अल्मुताइरी राष्ट्रिय टोलीमा नियुक्त भएर आएसँगै उनको नजर यी दुई खेलाडीमाथि गढेको थियो। वर्षौंदेखि राष्ट्रिय टोलीबाट खेल्दै आए पनि अञ्जनले सोचेअनुरूप प्रदर्शन गर्न सकेका थिएनन्। तर, अल्मुताइरीको आगमनसँगै उनको खेल्ने शैली परिवर्तन भयो। उनलाई अल्मुताइरीले नेपाली टोलीको मुख्य खेलाडीका रूपमा अघि सारे। 

थप जिम्मेवारीलाई सम्हाल्दै अञ्जन आक्रामक भूमिका निर्वाह गर्दै आएका छन्। अञ्जनले हालसम्म राष्ट्रिय टोलीका लागि ७ गोल गरेका छन्। उनले अल्मुताइरी आएपछि मात्र १० खेलमा ५ गोल गरिसकेका छन्। 

अञ्जन भन्थे, ‘विगतको तुलनामा प्रशिक्षक अल्मुताइरीको आगमनसँगै टोलीमा परिवर्तन आएको छ। पहिलाभन्दा अहिले खेल्ने शैली फेरिएको छ। नयाँ रणनीति भएकाले पनि विगतभन्दा फरक रूपमा प्रस्तुत भएका छौं। मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ। तर, अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ।’

अञ्जनको मात्रै होइन, मिडफिल्डर तेजको पनि खेल्ने शैलीमा आकाश–पातालको फरक आएको थियो। २०७७ चैतमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको ‘थ्री नेसन्स कप’मा उत्कृष्ट प्रदर्शन गरेका तेज त्यसपछि विश्वकप छनोटको टोलीमा भने अटाएका थिएनन्। 

लगत्तै नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका तेज त्यस दौरान चोटग्रस्त बने। जसका कारण गतवर्ष जेठमा विश्वकप छनोटका ३ र इराकसँगको मैत्रीपूर्ण खेल गुमाए।

पछिल्लो पटक साफ च्याम्पियनसिपको तयारीका लागि घोषणा गरिएको टोलीमा भने तेज प्रारम्भिक छनोटमा परे। प्रशिक्षक अल्मुताइरीसँग पहिलो पटक प्रशिक्षण गरेका तेजले भारतविरूद्ध दुवै खेलमा सुरूआती रोजाइमा खेले। तेज नेपाली टोलीको केन्द्रमा पनि रहे। दुवै मैत्रीपूर्ण खेलमा नेपाली टोलीबाट उच्च प्रदर्शन गर्नेमा तेज नै चुनिए। 

अल्मुताइरीले भारतविरूद्धको त्यस खेल र साफमा तेजलाई विगतमा खेलेकोभन्दा केही फरक भूमिकामा खेलाए। लामो समयदेखि रक्षात्मक मिडफिल्डको भूमिकामा रहेका तेजले त्यसपछि भने आक्रमण बन्दै ‘बक्स टू बक्स’ मिडफिल्डरको रूपमा खेल प्रदर्शन गर्दै आएका छन्।

यसअघि विशाल राईले खेल्दै आएको यस भूमिकामा तेज अब्बल ठहरिएका छन्। रक्षात्मक रूपमा निपूर्ण उनले मिडफिल्डमा ‘टर्न’ गर्दै विपक्षीबाट बल टाढा राख्न र चलाखीपूर्ण पास निकाल्न सक्छन्। उनीसँग अञ्जनजस्तै खेलको पूरै समय डटेर खेल्न सक्ने ‘स्टामिना’ भएको कारण पनि अल्मुताइरी प्रफुल्लित छन्।

विगतमा रक्षात्मक मिडफिल्डमा खेल्ने भएकाले तेजले पोस्टमा धेरै प्रहार गरेको देख्न पाइन्न थियो। नेपाल पुलिस क्लबबाट खेल्दा हेम तामाङ र निरकुमार राईसँग मिडफिल्ड साझेदारी बनाएका उनले क्लब स्तरमा भने केही प्रयास गर्थे। तर, अल्मुताइरीको प्रशिक्षणमा भने तेजले पोस्टमा लामो दूरीबाट प्रहार पनि गरे। 

विक्रम लामा चोटका कारण बाहिर रहेपछि तेजले राष्ट्रिय टोलीमा मिडफिल्ड सम्हाल्ने अवसर पाएका थिए। सन् २०१८ को बंगबन्धु गोल्डकपमा ताजिकिस्तानविरूद्ध सुरूआती रोजाइमा रहेर पूरा समय खेलेका तेजले त्यसपछि प्यालेस्टाइनविरूद्ध पनि मिडफिल्ड सम्हाले। रोहित चन्द डिफेन्समा खेल्दा अल्मुताइरीले पुजन उपरकोटीलाई मिडफिल्डमा प्रयोग गरेका थिए। पुजनले उक्त पोजिसनमा राम्रो प्रदर्शन गरेपछि तेजले केही आक्रामक जिम्मेवारी पाएका थिए।

यसकारण छ अल्मुताइरीको नजर
गतवर्ष साफको फाइनलमा भारतसँग नेपाल पराजित भएसँगै कुवेत फर्किएका अल्मुताइरीले त्यसपछि पुन: एन्फासँग ४ वर्ष सम्झौता गरेका थिए। अहिले टोलीमा अधिकांश खेलाडी फिट नरहेको र प्राय: युवा अवस्थामा रहेको कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा कुनै टोलीलाई बलियो चुनौती दिन नसक्ने उनको बुझाइ छ। उनी पर्याप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल चाहन्छन्। यी खेलमा युवा खेलाडी उनको रोजाइमा पर्ने छन्। 

उनले अहिले कुनै पनि प्रतियोगिताका लागि नेपाली टोलीलाई तयार पारिरहेका छैनन्। उनको लक्ष्य फिफा विश्वकप २०२६, एसियन कप २०२७ को छनोट र साफ च्याम्पियनसिप २०२३ छ। यी खेल अगाडि उनी अञ्जन र तेजलाई निखार्न चाहन्छन्। किनभने उनीहरूमाथि अल्मुताइरीको विश्वास बलियो छ।

‘यी दुई खेलाडी युवा अवस्थामा नै छन्। उनीहरू २०२६ सम्म पुग्दा २७/२८ को उमेरमा पुग्छन्। यसपछि मुस्किलले ४ वर्ष फुटबल खेल्न सक्छन्। यो टोलीको लागि नतिजा दिनुपर्ने उमेर हो। उनीहरूले अहिले मिहिनत गरेभने यो उमेरसम्म पुग्दा राम्रो नतिजा दिनसक्नेमा प्रशिक्षक अल्मुताइरी ढुक्क छन्। त्यसैले उनी यी दुई खेलाडीलाई तयार पार्न विदेशी क्लबबाट खेलाउन चाहन्थे,’ एन्फाका ती पदाधिकारीले भने।

तर, गत वैशाखमा एएएफसी एसिया कप छनोटको तयारीमा रहेका बेला उपकप्तान रोहित चन्दले प्रशिक्षक अल्मुताइरीसँग ‘विद्रोह’ गरे। यी दुई खेलाडी पनि चन्दको ‘विद्रोह’को सिकार भए। त्यसयता नेपाली टोलीबाट बाहिर रहेका अञ्जन र तेजलाई अल्मुताइरीले पुन: पत्याएका छन्। 

अल्मुताइरीले बंगलादेशसँग तय भएको मैत्रीपूर्ण खेलमा ‘विद्रोह’ गरेका ११ सिनियर खेलाडीबाट उनीहरू दुईलाई मात्रै बोलाएका थिए। बाँकी ९ जनालाई भने अल्मुताइरी परिवर्तन चाहन्छन्। आफ्नो लक्ष्यअनुसार अगाडि बढ्ने कोसिस गरिरहेका अल्मुताइरी २०२६ सम्म सरदरमा २७/२८ उमेर भएको युवा टोली बनाउन चाहन्छन्। 

अहिलेको अवस्थालाई हेर्ने हो भने मिडफिल्डर सुजल श्रेष्ठ ३० पुगिसकेका छन्। यता, अट्याकिङ मिडफिल्डर विशाल राईको उमेर पनि २९ पुगिसकेको छ। फरवार्ड लाइन सम्हालिरहेका अनन्त तामाङ र विमल घर्तीमगर समान २४ वर्षका छन् भने नवयुग श्रेष्ठ ३२ वर्ष पुगिसकेका छन्। यस्तै, सुमन लामा पनि २६ वर्ष पुगेका छन्। 

२०२६ सम्म पुग्दा सुजल, विशाल, नवयुग र सुमनले कुनै चोट बोकेनन् भने पनि अल्मुताइरीको लक्ष्यअनुसार खेल्न अयोग्य हुनेछन्। त्यसैले अल्मुताइरी उनीहरूको विकल्प चाहन्छन्।

अहिले अल्मुताइरीको नजर अञ्जन र तेजमा मात्रै होइन, साफ यू–२० खेलेर नेपाल फर्किएका युवा खेलाडीमा पनि छ। उनी एन्फाले राजनीति गरेर नहटाएको खण्डमा भने यी युवा खेलाडीका साथ एक मिश्रित र बलियो टोली बनाउन चाहन्छन्। 

तर, एन्फा विगतमा हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँग र खेलाडीसँग भएको टसलका कारण उनको विकल्प खोज्ने प्रयासमा छ। त्यसैले आगामी असोज दोस्रो साता बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ।

यदि एन्फाले अल्मुताइरीको विकल्प खोजे निश्चय नै अञ्जन र तेज उनको योजनामा समावेश हुने छैनन्। तर, उनलाई नै निरन्तरता दिए आफूविरूद्ध गरेको ‘विद्रोह’ भुल्छन् कि भुल्दैन त्यो हेर्न रोचक हुनेछ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
वर्षाका कारण ६ वटा मुख्य सडकखण्ड प्रभावित, ३ वटामा रातिको समयमा यातायात सञ्चालनमा रोक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्