• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटपाथ संघर्षः रातदिन चिया बेचेर जिन्दगी चलाइरहेका छन् जो

64x64
कल्पना घिमिरे सोमबार, भदौ ६, २०७९  ०८:२५
1140x725

काठमाडौं– उदयपुर गाइघाटकी शान्ति मगर काठमाडौंको फुटपाथमा विगत १५ वर्षदेखि चिया बेच्दैछिन्। झरी होस् या शरीर कपाउँने जाडो ४७ वर्षीया शान्तिलाई चिया बेच्न केहीले रोकेन। बिहानै चार बजे उठ्छिन्, चिया पकाउने भाँडाकुँडा बोकेर डेराबाट निस्किन्छिन्। 

कलंकीको चोकमा पुगेर एउटा टेबलमा स्टोभ राख्छिन्। कालो र दूधको दुईथरी चिया पकाउँछिन्। उनी बिहान ७ बजेसम्म चिया बिक्री गर्छिन्। बिहान मात्रै होइन, उनी साँझ पनि उसैगरी सडकमा निस्किन्छिन्। साँझ पाँच बजेदेखि चिया बेच्न थालेकी शान्ति बेलुका ८ बजेसम्म चोकमा ग्राहकलाई चियाँ दिँदै हुन्छिन्। 

‘सडकमा यसरी बस्ने कसलाई रहर छ र? बालेनले अब यसरी व्यापार गर्न दिँदैन भनेको सुन्छु। तर, अहिले सम्म त बालेनका प्रहरीले मलाई भेट्दैनन्। उनीहरु बल्ल ६ बजे आउँछन्। बालेन उठ्दा त म चिया बेचिसकेर पनि डेरा पुगिसक्छु होला?’ उनले हाँस्दै भनिन्।

उनी दिनमा कालो चिया ४० कप बेच्छिन्। दूध चिया ३० कपदेखि ५० कपसम्म बिक्री हुने उनी बताउँछिन्। ‘व्यापार भनेको कहिले हुन्छ, कहिले हुँदैन। सधैं एकनास हुँदैन। यति–उति भन्ने नै हुँदैन। चिया धेरै बिक्री भाको दिन पाँच सयदेखि १२ सयसम्म कमाई हुन्छ। म बसेको ठाउँमा मान्छेको चहलपहल धेरै हुँदैन। कहिले त एक/दुई सयको पनि व्यापार हुँदैन,’ उनले भनिन्।

Shanti-magar1660798141.jpg

शान्तिको जीवन गुजारा गर्ने बाटो भनेकै सडकपेटीको व्यापार हो। योबाहेक आफ्नो कुनै पनि आयस्रोत नभएको उनी बताउँछिन्। चिया बेचेर आफ्नो लागि मात्रै होइन छोराका लागि पनि पुर्‍याउनपर्छ उनलाई। पहिले त छोरी पनि साथैमा थिइन्। चिया बेचेरै तीन जनाको पेट पाल्नुपर्थ्यो। अहिले छोरीको विवाह भएपछि छोरा र आफ्नो पेट चिया बेचेरै पालेकी छिन्। 

सात वर्षअघिसम्म उनलाई श्रीमान्‌को सहयोग पनि थियो। खानलाई त्यति दुःख थिएन। ‘उहाँ गाडी चलाउनु हुन्थ्यो। छोराछोरी राम्रै स्कुल पढाइएको थियो। तर उहाँ बित्नुभयो,’ उनी भक्कानिइन्। 

शान्तिका श्रीमान् कलंकीमा सडक दुर्घटनामा परेर बितेका हुन्। श्रीमान बितेपछि छोराछोरी पढाउने, घर  सम्हाल्ने सबै जिम्मेवारी शान्तिकै काँधमा आयो। त्यसपछि शान्ति अझ खटेर काम गर्न थालिन्। ‘व्यापार गर्न दिएन भने त यो सहरमा बस्न सकिँदैन। के पो गर्ने हो’, उनले भनिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

शान्तिले अहिले चिया बेचेरै छोरालाई पढाइरहेकी छन्। उनका छोरा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। चिया बेचेर राम्रो आम्दानी हुन्छ। तर, खर्च पनि सोहीअनुसार हुँदा मुस्किलले पुर्‍याउनुपर्छ। 

‘आफूलाई सुगरले च्यापेको छ। औषधि खानुपर्‍यो। महिनामा पाँच हजार त मेरो उपचारमै सकिन्छ। कोठाभाडामा ७ हजार सकिन्छ,’ उनले भनिन्।

काठमाडौंमा सबैको व्यवसाय तारे होटेल, महंगा रेस्टुराँ र ठूला–ठूला सपिङमलमा मात्रै छैन। कैयौंको व्यवसाय शान्तिको जस्तै फटपाथले धानेको छ। राजधानीको फुटपाथ मान्छे हिँड्ने बाटोमा मात्रै होइन, कैयौंको दुई छाक जोहो गर्ने माध्यम पनि हो। बिहान–बेलुका दुई समय सडक पेटीमा व्यापार थाप्नेहरुले पनि कैयौं सपना बुनेका छन्। 

कलंकीस्थित शहिद मेमोरियल हस्पिटल नजिकै स्युचाटार जाने बाटोमा एउटा ठूलो छाता ओढाएर नाङ्ले पसल थापिएको थियो। पानीको छिटाबाट बचाउन भित्तामा पातलो प्लास्टिक टाँगिएको थियो। थोत्रे लुगाहरु विच्छ्याइएको एउटा विस्तरा थियो। एउटी बृद्धा भर्खरै निन्द्राबाट ब्युँझिएर आँखा मिच्दै थिइन्। उनी हुन् मकवानपुर पालुङकी बच्चुमाया मगर। 

‘राती १० बजे आएर बस्छु। बिहान ७ बजे पसल उठाउँछु। यहिँ ओछ्यान लगाउँछु। सुतीसुती चिया बेच्छु’, आँखा मिच्दै बच्चुमाया बोलिन्।

बच्चुमाया ८ वर्षदेखि सडकमा चिया बेच्दै आएकी छन्। उनी घरमै चिया पकाउँछिन्। दुईटा  ठूल्ठूला चियादानीमा भर्छिन्। एउटामा दूध चिया, अर्कोमा कालो। अनि कलंकी चोकमा निस्किन्छिन्। चिया बेच्न सडकमै रात बिताउँछिन्। चिया मात्र होइन। उनले नाङ्लामा बिस्कुट, चाउचाउ, चक्लेट, चुरोट राखेकी छन्। रातको समयमा पानी छेक्न राखेको छाता बरु मकाउँछ। छाता फेरिन्छ। तर उनको रात फेरिँदैन। 

बच्चुमाया रातभरीमा २५ कप दूधचिया र २५ कप कालोचिया बेच्छिन्। दूधचियाकी प्रतिकप २० र कालोचिया प्रतिकप १५ रुपैयाँ। दिनमा १५ सयदेखि दुई हजारसम्म कमाई गर्छिन्। 

‘अस्पतालमा आउने बिरामी कुरुवा चिया पिउन आउँछन्। उनीहरुले चियासँगै बिस्कुट पनि खाइदिन्छन्। कसैले चुरोट किन्छन्। अलि–अलि बिक्छ,’ उनले भनिन्।

Bachchumaya1660798192.jpg

उनका परिवारमा श्रीमानसँगै दुई छोरा र दुई छोरी छन्। उनका जेठा छोरा रोजगारीका लागि विदेश गएका छन्। कान्छा छोराले पनि फुटपाथमा तरकारी बेच्छन्। एउटा छोरा र एउटी छोरीको विवाह भइसकेको छ। त्यहि पनि बच्चुमाया साउने झरीको प्रवाह नगरी छाता ओडेर रातभरी सडकमा चिया बेच्छिन्।

‘विदेश गाको छोराले के–कति कमाउँछ। हामीलाई सुको दिँदैन। कान्छाले तरकारी बेचेर अलि–अलि कमाउँछ। ठूलो जहान छ। खानलाई एउटाले गरेर पुग्दैन। त्यसमाथि म आफैं  बिरामी छु। दिउँसो बेच्न बसे नगरपालिकाले लखेट्छ। फेरि म दौडिन सक्दिनँ। केहि गर्जो टर्छ कि भनेर रातिमा भए पनि काम गर्छु,’ उनी भन्छिन्। 

जहान ठूलो भएकाले उनीहरुले फ्ल्याट नै भाडामा लिएका छन्। फ्ल्याटको भाडा महिनामा १८ हजार तिर्नुपर्छ। उनलाई दमको समस्या छ। जेठी छोरी पनि मानसिक रुपमा अस्वस्थ छिन्। श्रीमान् पनि बृद्धावस्थाका छन्। 

‘बिरामी छु, महिनामा चार हजार आफ्नो उपचार गराउँदा सकिन्छ। यस्तो झरीको बेलामा कसलाई रातभरी सडकमा बस्न रहर लाग्छ र? समस्या नभए यस्तो सडकमा रातभर एक्लै किन बस्थेँ?’, उनले भनिन्। 

बाफल बस्ने गीता खड्का दुई हातमा थर्मस झुण्ड्याउँदै हिँडेरै चिया बेच्छिन्। उनी विगत पाँच वर्षदेखि फुटपाथमा हिँडेरै चिया बेच्दै आएकी छन्। चिया बेच्नु उनको बाध्यता हो।  चिया नबेचे छाक टर्दैन। बिहान–बेलुका घरबाट नै चिया पकाएर थर्मसमा हालेर बेच्न निस्किन्छिन्। कलंकीको सडकमा आएर कहाँ मान्छेको भीड लागेको छ भनेर यसो हेर्छिन्। जहाँ अलि भीड छ त्यहिँ पुग्छिन्। हिँडेर चिया बेच्ने हुँदा उनलाई नगरपालिकाले लखेट्ने समस्या भने हुँदैन।

उनले दिनमा कालो चिया ४० कप बेच्छिन्। दूधको चिया ५०  देखि ६० कप बेच्छिन्। सिजनमा उनले अझ धेरै बिक्रि हुने बताउँछिन्। दुधको चिया प्रतिकप २० रुपैयामा बेच्छिन्। कालो चिया प्रति कप १५ रुपैयाँमा बेच्छिन्।  ‘दिनमा राम्रै कमाई हुन्छ। १२ सयदेखि दुई हजारसम्म फाइदा हुन्छ,’ उनले भनिन्।

उनका परिवारमा श्रीमान् दुई छोरा र एक छोरी छन्। श्रीमान कलेजोको समस्याबाट ग्रसित छन्। चिया बेचेर श्रीमानको उपचार गर्छिन्। हुन त उनका श्रीमान् नेपाल प्रहरीका असई हुन्। 

Gita_khadka1660798239.jpg

‘श्रीमानको पेन्सन त आउँछ तर त्यतिले कहाँ पुग्छ र? छोराछोरी पढाउनुपर्‍यो। बिरामी श्रीमान्‌को उपचार गर्नुपर्‍यो। काहाँ रहरले चिया बेचेको हो र?’, उनले भनिन्। 

यस्तै ओखलढुंगाकी सम्झना बुडाथोकी विगत २१ वर्षदेखि कलंकीको फुटपाथमा चिया बेचेर गुजारा गरिरहेकी छन्। उनले दिनमा ५० कप कालो चिया बेच्छिन्। दूधको चिया ६०  देखि ८० कप सम्म बेच्छिन्। सिजनमा अझ धेरै बिक्री हुने उनी बताउँछिन।

‘दिनमा राम्रै कमाई हुन्छ। १५ सयदेखि दुई हजारसम्म फाइदा हुन्छ,’ उनले भनिन्। सडकपेटीमा चिया बेच्नु सम्झनाको पनि बाध्यता हो। चिया नबेचे साँझ–बिहान हात मुख जोरिँदैन। श्रीमान्‌को सहारामा रहेकी उनी श्रीमानले दोस्रो विवाह गरेपछि आफू सडकसँग निर्भर हुनु परेको बताउँछिन्। 

‘२१ वर्षअघि उहाँले अर्कै ल्याउनु भयो। अनि आफू र छोरीहरुका लागि आफैं सोच्नुपर्ने भयो,’ उनले भनिन्।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्