• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : मन्त्री खड्का

64x64
नेपाल लाइभ बिहीबार, साउन २६, २०७९  २२:४२
1140x725

काठमाडौं–परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीन दिने चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन्। 

चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए। 

उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए। चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका हुन्। 

खड्काले भ्रमणका क्रममा स्टेट काउन्सिलर र आफ्नो बीचमा द्विपक्षीय मामिलालगायतका समान चासोका विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दैभने, ‘चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मेरो मैत्रीपूर्ण निमन्त्रणामा गत मार्च २५ देखि २७, २०२२ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु। उक्त भ्रमणमा महत्वपूर्ण समझदारीमा हस्ताक्षर भएको कुरा यहाँहरुलाई अवगत नै छ । मेरो यो भ्रमणले ती समझदारीको कार्यान्वयनको लेखाजोखा गर्न र आपसी हितका थप विषयमा छलफल र सहमतिमा पुग्न सहयोग पुर्‍याएको छ।'

दुवै मन्त्रीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा नेपाल–चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्न सहमति भएको छ। मन्त्री खड्काले चिनियाँ समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमणपश्चात् दुई देशका सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको बताए। 

उक्त भ्रमणपश्चात् विभिन्न संयन्त्रका बैठक सम्पन्न भएका छन् भने नेपाल–चीन हवाई सेवा सञ्चालन भई नेपाली विद्यार्थीको चीन फिर्ता हुनेक्रम सुरु भइसकेको छ। मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको बताए। 

यस्तै चिनियाँ मन्त्री विदेशले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहो¥याएका थिए। उनले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएका थिए। 

द्विपक्षीय बैठकका दौरान विगतमा भएका उच्चस्तरीय भ्रमणका अवसरमा सम्पन्न महत्वपूर्ण समझदारीलाई प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्ने विषयमा जोड दिइएको छ। त्यस्तै विदेशमन्त्री यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनालाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

वार्तामा दोस्रो चरणको काठमाडौँ रिङरोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ। केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति भएको छ। यसका लागि यसै वर्षभित्र चिनियाँ प्राविधिक टोली खटाउने कुराकानी भएको मन्त्री खड्का स्वदेश फिर्तापछि मन्त्रालयले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।

यसैगरी गत मार्चमा भएको सम्झौताबमोजिम नेपाल–चीन सीमा पार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा समेत यथा समयमा सम्पन्न गर्ने विश्वास चिनियाँ विदेशमन्त्रीले दिलाएका छना्। वार्ताका अवसरमा चिनियाँ स्टेट काउन्सिलर यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदानअन्तर्गत सन् २०२१ का लागि ८० करोड आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। 

नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ। नेपाललाई रासायनिक मल उपलब्ध गराउन र बजेटरी सपोर्टका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा घोषणा गरेको तीन अर्ब ५० करोड आरएमबीको सहायता उपयोग गर्नेबारेमा रचनात्मक कुराकानी भएको छ। त्यसैगरी चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ।

नेपालको उत्पादन क्षमता बढाउन, नेपालमा लगानी प्रवद्र्धन गर्न, नेपाली चिया चीनमा निर्यात गर्न तथा परम्परागत औषधिजन्य जडीबुटीका क्षेत्रमा सहयोग बढाउन चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्ने विषयमा सकारात्मक कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फीरूपमा खोल्ने सहमति भएको छ।

नेपालको अनुरोधमा ३० लाख आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्धार तथा बन्दोबस्तीका सामान र २० लाख आरएमबी बराबरको औषधि तथा स्वास्थ्य सामग्री प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको छ ।

चिनियाँ सरकारले कोभिड महामारीको अवधिमा नेपाललाई प्रदान गरेको ठूलो परिमाणको खोप तथा अन्य चिकित्सा सामग्री र उपकरणको सहयोगका लागि नेपाल सरकारका तर्फबाट चिनियाँ सरकार र जनताप्रति धन्यवाद र आभार प्रकट गरेको खड्काले बताए। चिनियाँ विदेशमन्त्रीले आगामी दिनमा पनि नेपाललाई आवश्यक पर्ने परिमाणमा खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

नेपालमा रक्त क्यान्सर रोगको उपचारमा सहयोग गर्न आवश्यक प्रविधि, उपकरण, तालिम र चिमेरिक एन्टिजेन रिसेप्टर टि सेल्स उत्पादन गर्ने प्रयोगशाला नेपाल निजामती अस्पतालमा स्थापना गर्न चिनियाँ सरकारले सहयोग गर्ने सहमति जनाएको छ। कोभिड महामारीका कारण नेपाल फर्केका चिनियाँ शिक्षण संस्थामा अध्ययनरत बाँकी इच्छुक नेपाली विद्यार्थीलाई आफ्नो पढाइ सञ्चालन गर्न चीन फिर्ता जान दिन चिनियाँ विदेशमन्त्रीले सहमति जनाएको मन्त्री खड्काले बताए। 

यस्ता इच्छुक विद्यार्थीले आवश्यक स्वास्थ्य प्रोटोकल पालना गरी भिसा प्रक्रिया सुरु गर्नसक्ने भएका छन्। दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समितिको काम अघि बढाउन आवश्यक तयारीका लागि द्विपक्षीय प्राविधिक टोली गठन गर्ने सहमति भएको छ। नेपाल र चीन संयुक्त राष्ट्रसङ्घ तथा जि ७७ प्लस चाइना जस्ता बहुपक्षीय मञ्चमा आपसी हितका विषयमा सहयोग र सहकार्य गर्दै आएका छन्। बैठकका दौरान द्विपक्षीय सम्बन्धका अतिरिक्त क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा रहिआएको सहयोग र सहकार्यलाई निरन्तरता दिनेबारेमा समेत छलफल गर्ने अवसर प्राप्त भएको मन्त्री खड्काले जानकारी दिए। रासस 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
सम्बन्धित सामग्री
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह प्राधिकरण अन्तर्गतको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गरी हवाई आवागमन हुने तथा विमान उडा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्