काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्रमुख विशेषज्ञ (१२ औं तह) पदको नाम परिवर्तन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए।
'प्रमुख विशेषज्ञको पदको नाम अब अतिरिक्त स्वास्थ्य सचिव भनेर हुने निर्णय भएको छ,' मन्त्री खापुङले भने।
स्वास्थ्य सेवा अन्तर्गत हाल चार वटा पद १२औं तहको रहेको छ। सरकारको यो निर्णयसँगै अब स्वास्थ्यमा चार जना अतिरिक्त स्वास्थ्य सचिव हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।