• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटपाथको व्यापारले धानिएको ८१ वर्षीय चेतनाथको जीवन 

64x64
कल्पना घिमिरे शनिबार, साउन २८, २०७९  ०८:१०
1140x725

काठमाडौं–  एकातिर फुटपाथमा हिँड्नेहरुको भिड। अर्कातिर गाडीको चर्को आवाज। त्यसमाथि फुटपाथमा व्यापार गर्दै ‘लौ सस्तो सामान! सस्तो सामान!’ भन्दै कराइरहेका फुटपाथे व्यापारीहरु। सार्वजनिक सवारीका सहचालक बीच्‌बीचमा चर्को सुनिन्छन्– आउनोस्, ठमेल–ठमेल, लैनचौर…, बानेश्वर, कोटेश्वर, जडिबुटी! एऽऽ दाई अलि पर सर्नु न… दिदी तपाईं त्याँ उभिनोस् न!

सूर्यका किरणले जमिन छाडेर आकाशमा बैजनी रङ छर्दा काठमाडौंको सुन्धारा (एनएसी) क्षेत्र हरेक साँझ यसैगरी चर्को सुनिन्छ।

आफ्नै जिन्दगीसँग प्रतिस्पर्धा गरिरहेकाहरुको ठेलमठेल भिडमा, कपाल फुलेर टाउको सेतै भएका एक वृद्ध फुटपाथको कुनामा बोरा औछ्याएर सामान फिजाउँदै थिए। नैनी, कांगियो, कर्ननो, अगरबत्ती, मास्क, दाँत कोट्याउने सिन्का, जुत्तामा लगाउने पालिस (पोलिस), कैँची, लुगा च्याप्ने क्लिप लगायत सामग्री लहरै राखेर उनी पनि कराउन थाले, ‘मास्क एक प्याकेट, सयमा लैजानोस्, मास्क एक प्याकेट…।’

Chetnath_Dhakal_11660357456.jpg

उनी रहेछन् नुवाकोटको तारुकाका ८१ वर्षीय चेतनाथ ढकाल। साँझको घामजस्तै, उनको जीवनले पनि डाँडा काटिसकेको छ। तर, दैनिकी भने थन्किएर बस्न मिल्ने खालको छैन। विगत ५ वर्षदेखि हरेक दिन सुन्धारा पुग्ने, र फुटपाथमा सामान फिँजाएर ग्राहक पुकार्ने उनको अनिवार्य दैनिकी बनिसकेको रहेछ। 

चेतनाथ काठमाडौंको चमतीमा बस्छन्।  बिहान सबेरै चमतीबाट हिँडेर सुन्धारासम्म पुग्छन्। सडकपेटीमा ठूलो बोरा फिजाउँछन्। त्यसमा आफूले बिक्री गर्ने सामग्री फिँजाउँछन्। दिनभरी बिक्री गरेर  बेलुका ८ बजे डेरा फर्किन्छन्।

उनले नैनी होलसेलमा ३० रुपैयाँमा किनेर ल्याउँछन्। जुन ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन्। मास्क प्रतिप्याकेट  ८० रुपैयाँमा किनेर १०० रुपैयाँमा बिक्री गर्दा रहेछन्। अन्य सामग्रीबाट पनि धेरथोर पैसा बचाएर दिनभरी हजारदेखि १२ सयसम्मको ‘व्यापार’ गर्दा रहेछन्। 

‘व्यापार सधैं एकैनास हुँदैन। दिनमा २/३ सय फाइदा हुन्छ। कहिले घटी त कहिले बढी भइरहन्छ। म काम गर्न बानी परिसकेको छु।  एकदिन नभए अर्को दिन हुन्छ,’ सन्तुष्टिको भावमा उनी भन्छन्। 

Ncell 2
Ncell 2

Chetnath_Dhakal_21660357455.jpg

फुटपाथको व्यापारले दैनिकी चलाएका छन्। उमेरले ८० कटिसकेपनि कसैसँग मागेर खानु परेको छैन। साँझविहानको छाक टार्ने, मासिक ४ हजार कोठाभाडा तिर्ने लगायत सबै खर्च त्यही फुटपाथको व्यापारबाट जुटाएका छन्। 

‘बिहान भने बाहिरै रोटी–तरकारी खान्छु। कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ। बेलुका भने आफैँ पकाएर खान्छु,’ चेतनाथ भन्छन्। 

उनको उमेरका धेरैजना सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) थापेर पनि गुजारा चलाउँछन्। तर, उनीभने हातखुट्टा चलुञ्जेल काम गरेरै खाने बताउँछन्। 

उमेर हुँदा पनि उनी व्यापार नै गर्थे। गाउँमा खेतीकिसानीसँगै पसल पनि चलाएका थिए। परिवार राम्रै चलेको थियो, श्रीमतीलाई दमको रोगले च्याप्यो। ३५ वर्ष अगाडि श्रीमतीले संसार छाडिन्।  

तरपनि पारिवारिक जिम्मेवारीमा सक्रिय भए। एक्लैको बलमा १ छोरा र ४ छोरी हुर्काए। विवाह भएपछि सबै आ–आफ्नै ‘दुनिया’मा व्यस्त भए। चेतनाथ भने एक्लै परे। 

‘उनी (श्रीमती) भएको भए अहिले मेरो सहारा हुन्थिन् होला। छोराछोरी सबै छन्। तर मलाई कसैले हेर्दैनन्। आफ्नो पेट पाल्न त काम गर्नै पर्‍यो। पेट पाल्नका लागि नै यहाँ आएर फुटपाथमा कराउनु परिरहेको छ,’ आँसुले भरिएका आँखा मिच्दै चेतनाथले भने। 

‘छोरीहरु आफ्नै घर गरेर खाएका छन्। छोराछोरी न कहिले भेट्न आउँछन् न बोलाउन नै,’ उनी भन्छन्, ‘नाति त यहि बाटो मोटरसाइकल हुँइक्याउँदै हिड्छ रे।’

 

Chetnath_Dhakal_31660357455.jpg

 

वृद्धावस्थामा फुटपाथमा व्यापार गरिरहेको देखेर प्रहरीको टोलीले केही समय अगाडि उनको उद्धार गरेर वृद्धाश्रम पुर्‍याएको थियो। तर, वृद्धाश्रमको उदेकलाग्दो बसाइ उनलाई चित्त बुझेन। त्यसपछि फेरि फुटपाथमै फर्किए। 

‘मलाई त त्यहाँ केही खान पनि मन लागेन। त्याँ कोही बिमारी छन्। कोही हातखुट्टा नचल्ने छन्। र्‍यालसिँगान चुहाएका हुन्छन्। सरसफाइ गर्ने कोही छैनन्,’ उनी भन्छन्, ‘कतिबेला खाना दिन्छन् भनेर आशा गरेर बस्नुपर्ने, म काम गरेर खाइराखेको मान्छे, कसरी बस्न सक्छु त?’

चेतनाथलाई फुटपाथमा ब्यापार गर्दा पाँच पटकसम्म नगरप्रहरीले नियन्त्रणमा लियो। पटक–पटक लखेट्यो। उनी भागे पनि। कतिपटक लुकिलुकी व्यापार गरे। कतिपटक त लखेट्दा पनि टेरेनन्। 

‘एकताका लखेट्या लेखेट्यै गर्थे। त्यतिबेला केपी ओली प्रधानमन्त्री थिए। उनले भनेको पनि सुनेको थिएँ– कसैलाई फुटपाथमा बस्न दिइनेछैन भनेर। मैले पुलिसलाई नागरिकता थमाइदिएं केपी ओलीभन्दा म जेठो हो भनेर। त्यसपछि भने मलाई खासै लखेटेको छैन,’ चेतनाथले हाँस्दै सुनाए। 

अहिले भने उनलाई न प्रहरीले लखेट्छ, न नगर प्रहरीले नै। ‘अहिले सबैले दया गर्छन्। यो बुढाले गरिखाओस् भनेर सोच्दाहुन्,’ चेतनाथले सुनाए। 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्