• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटपाथको व्यापारले धानिएको ८१ वर्षीय चेतनाथको जीवन 

64x64
कल्पना घिमिरे शनिबार, साउन २८, २०७९  ०८:१०
1140x725

काठमाडौं–  एकातिर फुटपाथमा हिँड्नेहरुको भिड। अर्कातिर गाडीको चर्को आवाज। त्यसमाथि फुटपाथमा व्यापार गर्दै ‘लौ सस्तो सामान! सस्तो सामान!’ भन्दै कराइरहेका फुटपाथे व्यापारीहरु। सार्वजनिक सवारीका सहचालक बीच्‌बीचमा चर्को सुनिन्छन्– आउनोस्, ठमेल–ठमेल, लैनचौर…, बानेश्वर, कोटेश्वर, जडिबुटी! एऽऽ दाई अलि पर सर्नु न… दिदी तपाईं त्याँ उभिनोस् न!

सूर्यका किरणले जमिन छाडेर आकाशमा बैजनी रङ छर्दा काठमाडौंको सुन्धारा (एनएसी) क्षेत्र हरेक साँझ यसैगरी चर्को सुनिन्छ।

आफ्नै जिन्दगीसँग प्रतिस्पर्धा गरिरहेकाहरुको ठेलमठेल भिडमा, कपाल फुलेर टाउको सेतै भएका एक वृद्ध फुटपाथको कुनामा बोरा औछ्याएर सामान फिजाउँदै थिए। नैनी, कांगियो, कर्ननो, अगरबत्ती, मास्क, दाँत कोट्याउने सिन्का, जुत्तामा लगाउने पालिस (पोलिस), कैँची, लुगा च्याप्ने क्लिप लगायत सामग्री लहरै राखेर उनी पनि कराउन थाले, ‘मास्क एक प्याकेट, सयमा लैजानोस्, मास्क एक प्याकेट…।’

Chetnath_Dhakal_11660357456.jpg

उनी रहेछन् नुवाकोटको तारुकाका ८१ वर्षीय चेतनाथ ढकाल। साँझको घामजस्तै, उनको जीवनले पनि डाँडा काटिसकेको छ। तर, दैनिकी भने थन्किएर बस्न मिल्ने खालको छैन। विगत ५ वर्षदेखि हरेक दिन सुन्धारा पुग्ने, र फुटपाथमा सामान फिँजाएर ग्राहक पुकार्ने उनको अनिवार्य दैनिकी बनिसकेको रहेछ। 

चेतनाथ काठमाडौंको चमतीमा बस्छन्।  बिहान सबेरै चमतीबाट हिँडेर सुन्धारासम्म पुग्छन्। सडकपेटीमा ठूलो बोरा फिजाउँछन्। त्यसमा आफूले बिक्री गर्ने सामग्री फिँजाउँछन्। दिनभरी बिक्री गरेर  बेलुका ८ बजे डेरा फर्किन्छन्।

उनले नैनी होलसेलमा ३० रुपैयाँमा किनेर ल्याउँछन्। जुन ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन्। मास्क प्रतिप्याकेट  ८० रुपैयाँमा किनेर १०० रुपैयाँमा बिक्री गर्दा रहेछन्। अन्य सामग्रीबाट पनि धेरथोर पैसा बचाएर दिनभरी हजारदेखि १२ सयसम्मको ‘व्यापार’ गर्दा रहेछन्। 

‘व्यापार सधैं एकैनास हुँदैन। दिनमा २/३ सय फाइदा हुन्छ। कहिले घटी त कहिले बढी भइरहन्छ। म काम गर्न बानी परिसकेको छु।  एकदिन नभए अर्को दिन हुन्छ,’ सन्तुष्टिको भावमा उनी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

Chetnath_Dhakal_21660357455.jpg

फुटपाथको व्यापारले दैनिकी चलाएका छन्। उमेरले ८० कटिसकेपनि कसैसँग मागेर खानु परेको छैन। साँझविहानको छाक टार्ने, मासिक ४ हजार कोठाभाडा तिर्ने लगायत सबै खर्च त्यही फुटपाथको व्यापारबाट जुटाएका छन्। 

‘बिहान भने बाहिरै रोटी–तरकारी खान्छु। कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ। बेलुका भने आफैँ पकाएर खान्छु,’ चेतनाथ भन्छन्। 

उनको उमेरका धेरैजना सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) थापेर पनि गुजारा चलाउँछन्। तर, उनीभने हातखुट्टा चलुञ्जेल काम गरेरै खाने बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उमेर हुँदा पनि उनी व्यापार नै गर्थे। गाउँमा खेतीकिसानीसँगै पसल पनि चलाएका थिए। परिवार राम्रै चलेको थियो, श्रीमतीलाई दमको रोगले च्याप्यो। ३५ वर्ष अगाडि श्रीमतीले संसार छाडिन्।  

तरपनि पारिवारिक जिम्मेवारीमा सक्रिय भए। एक्लैको बलमा १ छोरा र ४ छोरी हुर्काए। विवाह भएपछि सबै आ–आफ्नै ‘दुनिया’मा व्यस्त भए। चेतनाथ भने एक्लै परे। 

‘उनी (श्रीमती) भएको भए अहिले मेरो सहारा हुन्थिन् होला। छोराछोरी सबै छन्। तर मलाई कसैले हेर्दैनन्। आफ्नो पेट पाल्न त काम गर्नै पर्‍यो। पेट पाल्नका लागि नै यहाँ आएर फुटपाथमा कराउनु परिरहेको छ,’ आँसुले भरिएका आँखा मिच्दै चेतनाथले भने। 

‘छोरीहरु आफ्नै घर गरेर खाएका छन्। छोराछोरी न कहिले भेट्न आउँछन् न बोलाउन नै,’ उनी भन्छन्, ‘नाति त यहि बाटो मोटरसाइकल हुँइक्याउँदै हिड्छ रे।’

 

Chetnath_Dhakal_31660357455.jpg

 

वृद्धावस्थामा फुटपाथमा व्यापार गरिरहेको देखेर प्रहरीको टोलीले केही समय अगाडि उनको उद्धार गरेर वृद्धाश्रम पुर्‍याएको थियो। तर, वृद्धाश्रमको उदेकलाग्दो बसाइ उनलाई चित्त बुझेन। त्यसपछि फेरि फुटपाथमै फर्किए। 

‘मलाई त त्यहाँ केही खान पनि मन लागेन। त्याँ कोही बिमारी छन्। कोही हातखुट्टा नचल्ने छन्। र्‍यालसिँगान चुहाएका हुन्छन्। सरसफाइ गर्ने कोही छैनन्,’ उनी भन्छन्, ‘कतिबेला खाना दिन्छन् भनेर आशा गरेर बस्नुपर्ने, म काम गरेर खाइराखेको मान्छे, कसरी बस्न सक्छु त?’

चेतनाथलाई फुटपाथमा ब्यापार गर्दा पाँच पटकसम्म नगरप्रहरीले नियन्त्रणमा लियो। पटक–पटक लखेट्यो। उनी भागे पनि। कतिपटक लुकिलुकी व्यापार गरे। कतिपटक त लखेट्दा पनि टेरेनन्। 

‘एकताका लखेट्या लेखेट्यै गर्थे। त्यतिबेला केपी ओली प्रधानमन्त्री थिए। उनले भनेको पनि सुनेको थिएँ– कसैलाई फुटपाथमा बस्न दिइनेछैन भनेर। मैले पुलिसलाई नागरिकता थमाइदिएं केपी ओलीभन्दा म जेठो हो भनेर। त्यसपछि भने मलाई खासै लखेटेको छैन,’ चेतनाथले हाँस्दै सुनाए। 

अहिले भने उनलाई न प्रहरीले लखेट्छ, न नगर प्रहरीले नै। ‘अहिले सबैले दया गर्छन्। यो बुढाले गरिखाओस् भनेर सोच्दाहुन्,’ चेतनाथले सुनाए। 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्